Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल - श्यामकुमार क्षेत्री 'साहित्यप्रेमी'

गजल - श्यामकुमार क्षेत्री 'साहित्यप्रेमी'

images
  मसँग दिल जोड्नेहरू धेरै भेटाएँ । दोबाटोमै छोड्नेहरू धेरै भेटाएँ ।। प्यास मेटेर आफ्नो यो दुनियाँमा । अनायासै दिल तोड्नेहरू धेरै भेटाएँ ।। मेरो जवानीको रस चुस्दासम्म चुसेर । गन्तव्यमै पाइला मोड्नेहरू धेरै भेटाएँ ।। जस्लाई विश्वास गरी मुटु नै सम्पिन्छु । यहीँ कोमल मुटु फोड्नेहरू धेरै भेटाएँ ।। बगैंचामा एउटा माली चाहियो भन्थ्यौ । माली नपाउँदा फूल गोड्नेहरू धेरै भेटाएँ ।। - नौबहिनी गाउँपालिका - ८ प्युठान हाल : भारत । श्यामकुमार क्षेत्री 'साहित्यप्रेमी'को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष २, २०७६ बुधवार - १९:२०:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend