Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सिंहदरबारलाई निवेदन - लक्ष्मण चौलागाईं

सिंहदरबारलाई निवेदन - लक्ष्मण चौलागाईं

images
  सम्मानित नेपाल सरकारका विभिन्न मन्त्रालयहरुले भरिपूर्ण प्रिय सिंहदरबार र माननीय, सम्माननीय ज्युहरू ! ग्रामीण वस्तीहरूका माग के छन ? विकट र दुर्गम वस्तीहरुले के भन्ने गर्छन ? परनिर्भरतामा जकडिएकाहरुको परिवारको स्थिति के छ ? रगतपसिना बेचेर रेमिटेन्स पठाउने झण्डै ८० लाख युवायुवतीहरूको वास्तविक अवस्था कस्तो छ ? नेपाललाई नेपाल बनाउने नागरिकका आवाजहरू के- के छन ? जनता प्रधान गणतन्त्रमा सवाल खोज्ने सिंहदरबार र प्रतिनिधिसभाभित्र पसेकाहरूसँग माननीय र सम्माननीयसँग मात्र हैन कि ? झुप्रोमा कष्ट र पीडाहरू भोगिरहेका निर्णायक जनताहरूसँग पो हो कि ? राज्यको साक्षात्कार अन्तराष्ट्रयि मुलुक हैन हाम्रै स्वदेशसँग हो प्रिय सिंहदरबार ! उत्तर र दक्षिणको चेपुवामा परेको नेपाल खुम्चिदै गरेका खबरले सिंहदरबारको झण्डा झुक्नुपर्थ्यो। आम नेपालीहरूलाई अपिल गर्नुपर्थ्यो मुलुकमा संकटकाल लाग्यो। घेराबन्दीको वैदेशिक राजनितिक हस्तक्षेपले सीमाका कैयन वस्तीहरू नेपाली नक्साबाट जंगे पिल्लर भत्काउँदै भारतमा गाभेको कारण आएको नक्सा झुटो हो ? किमार्थ हैन होला !! माननीय,सम्माननीय ज्युहरू !! कलमहरू चलिरहेका छन, इन्टरनेट मार्फत देश-विदेशमा रहेका नेपालीहरूले यतिका खबरदारी गरिरहँदा पहिलो विद्रोह शान्तिपूर्ण आन्दोलनबाट सीमा व्यवस्थापन गर्नु नै थियो । सत्ता र सरकार बनाउनेतिरभन्दा पार्टी बनाउनेतिरभन्दा ठूलै सूचनासँगै आएको सिमा हस्तक्षेप विरुद्दकै समस्या समाधानतर्फ उन्मुख हुनुपर्थ्यो । हामीले हाम्रा मिचिएका सिमामा बल प्रयोग गर्न जाने हैन । हाम्रा पिल्लरहरूमा जोडिएका तामाका निशानीहरु पहिल्याउँदै हाम्रा पूर्वजहरू र साक्षीहरूलाई डोर्याउँदै यथास्थानमा हाम्रा स्तम्भहरू सार्ने नै हो । त्यसपछि आइलाग्ने माथि जाई लाग्ने पूर्खाको विशेषताको प्रयोग गर्ने हो ।यतिबेला अन्तर्राष्ट्रिय चासो पनि उतिकै बढेको बेला भारतीय विस्तारवादको हेपाहापनको उजागरको निम्ति उपयुक्त घडी पनि हो यो । तर यो मुद्दाको व्यवस्थापन जसरी पनि गर्नु पर्ने बेला यही हो अन्यथा, हाम्रा छिमेकीले मिचेका भूमी र हाम्रै स्वदेशीले आफ्नो नाममा पारेका ७ हजार रोपनीका समाचारहरू नेपालीहरूले सुन्नु विडम्बना हैन र सम्माननीय र माननीयज्युहरू ? अन्तर्राष्ट्रिय अदालतमा लान यो मुद्दा हुँदैन यदि यो बेचिएको हैन भने। मिचिएको हो भने आम नेपाली गुलामका जनता हैनन् सार्वभौम हुन भन्ने ख्याल गर्नु पर्यो माननीय र सम्माननीयज्युहरूले । स्वदेशको मुख किन आवश्यकता भन्दा कम मौन हुँदैछ ? देशको अस्मिता लुटिइरहेको छ । प्राइभेट कम्पनी एनसेलले सरकार हल्लाइदिएको छ ।गणतन्त्र ल्याउनेहरूलाई कैदी बनाउँदैछ । लोकतान्त्रिक गणतन्त्र दुई खाले आइदिएको छ । अनि मुलुकमा नि:षेधको राजनीतिले निर्दोषहरूलाई लुटिरहेको छ । क्रान्तिका घाउहरू बिर्सेर अत्तर युगमा लम्किरहेको आभाष गराइरहेको छ । नाम बदलिएको अवस्था उस्ता-उस्तै टेक्नोलोजी र सेटिङ्ग जस्तो राजनीतिले नेपाली नेपाली बीच दलिय नाममा नेपाली एकतालाई बिखण्डनतिर अभ्यस्त बनाइरहेकै पराकाष्ठा अन्तर्राष्ट्रिय शक्तिहरूले नेपालको अस्मिता लुट्ने ध्याउन्न गरिरहेको विदितै हुँदा अन्तर्राष्ट्रिय सहयोग किन माग्छ र हात थाप्छ सिंहदरबार ? ती वैदेशिक सहयोगहरू कालान्तरमा सगरमाथा चीनतिर र लुम्बिनी भारततिर गाभिने पूर्व तर डरलाग्दा जटिल संकेतहरू हुन भनेर दातासँग लिनेहरूले किन ख्याल गर्दैनन् ? हामी पौने चार करोडको हाराहारीमा रहेका प्रत्येक नेपालीहरूले राज्यलाई महिनामा प्रतिब्यक्ती ५००० कर तिर्ने र रोजगार नेपालमा नै सबैले पाउने जमर्को गरे र सत्ता र सरकार पेशामुखी नभै देश सेवातिर समर्पित बने हाम्रो भूमीमा आएर कोही कसैले स्तम्भ सार्ने दुस्साहस गर्दैन थियो कि ? तर निर्वाचनमा जनतालाई भर्खरै मेट्रो सिटी दिने घोषणा-पत्र र कालीकोटलाई बिर्सिने सिंहदरबारहरूले च्यात्तिएको मुलुकमा खै के खुसी देला र ?!! - मेलम्ची -१, सिन्धुपाल्चोक ।   लक्ष्मण चौलागाईंको यो लेख साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष २, २०७६ बुधवार - १९:२५:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend