जो जति जे छन नश्वर बस्तु
अनित्य संसारमै छोडी
जाँदछ आत्मा उडेर एक्लै
ईश्वरको गर्दै खोजी !
नभ र भवको स्वप्नासरी यो
नश्वर ! छ मानव चोला
सर्वोपरी त आत्मै हो हाम्रो
शरिर त माटोको ढेला !
आत्माको ज्वालो फुटाई तुवाँलो
ईश्वरको अंशी बन्छ
माटोको देह माटोमै मिल्छ
वेद शाश्त्र कहन्छ !
बुझेर अघि बढ्नु छ मानव
सद्भावना जगाई
सम्झिने बेला यही हो मित्र
आत्मामा ईश्वरलाई !
साधु सन्तको अमरवाणी
छैन झुटो कहानी
परमप्रकाशको दिव्य ज्योति
अनन्तसम्मको जानी!
चार वेद र छ शाश्त्रहरूको
क्रियात्मक अर्थ खोली
बताए विश्वको महान पुरूषले
ज्ञानको त्रिनेत्र खोली !!
- चुङथुङ टिई पो आ मारेबुङ
भानुग्राम जिल्ला दार्जिलिंग, भारत ।
( कृष्ण कुमारी छेत्रीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)