Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सदिच्छा (कविता) - कृष्ण प्रसाईं

सदिच्छा (कविता) - कृष्ण प्रसाईं

images
  देखेर कालो न म श्वेत भन्छु जस्तो छु त्यस्तै म सधैँ रहन्छु झुकी कतै इज्जत फालिदैन इमान निच्चो कहीँ पारिदैन म मृत्युको साथ हुँदा लडेर राख्नेछु सम्मान अझै डटेर दिए कुनै स्वर्ग रमेर लिन्न आफ्नो प्रतिष्ठा पनि गिर्न दिन्न म बाघको चर्म लिई लुकेर विश्वासघाती न त बन्छु हेर जस्तो छु त्यस्तै विपरीत हुन्न धसी छुरा पीठ कतै रहन्न छानो उधारीकन बेचिदैन र स्वार्थमा मन्दिर फोडिदैन जुधाउँदै भाइ र भाइलाई सद्भाव मीठो पनि तोडिदैन म दु:खमा दु:ख सुदूर छाडी ज्यूँनेछु आनन्द लिँदै अगाडि सके सबैको उपकार गर्छु छ्न् साथ कोही तब प्रीत भर्छु सम्झेर संसार विचित्र हुन्न यो देह स्थायी कहिले रहन्न सके म बाँडी सबलाई दिन्छु सप्रेमको आसिक मात्र लिन्छु घृणा खिसी डाह र भाव दोष त्यागी सधैँ हुन्छु सयौं म कोष म मूर्खको साथ बनेर भार राख्दै कतै ज्यूँदिन बार बार विद्वान सम्झे शिर यो झुकाई गर्नेछु निष्ठा दिल नै फुकाई म न्यायका निम्ति डटेर जाऊ यो हो सदिच्छा यसरी सुनाऊ हाल : का.म.न.पा. वार्ड नं - २९, काठमाण्डौ। (कृष्ण प्रसाईंको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष २, २०७६ बुधवार - १९:३४:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend