Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अरे ! दूधको साक्षी बिरालो - अशोक बि. सी. (५ मुक्तकहरू)

अरे ! दूधको साक्षी बिरालो - अशोक बि. सी. (५ मुक्तकहरू)

images
    मुक्तक -१ मिल्ने मित्र नै दुश्मन निस्किन्छ आमा भन्नहुन्छ जिन्दगीले नै कस्तो मोड लिन्छ आमा भन्नुहुन्छ यति सोधे भएर पनि कुनै काम छैन यहाँ बाबु पहिले त सोझो रुख नै काटिन्छ आमा भन्नुहुन्छ । मुक्तक -२ बुन्छन् देश लुट्ने जालो विकास कसरी हुन्छ ? सत्तामा आउँछन् पालैपालो विकास कसरी हुन्छ ? ऊ भ्रष्टाचार गर्नलाई नै सत्तामा आएको मान्छे हो अरे ! दूधको साक्षी बिरालो विकास कसरी हुन्छ ? मुक्तक -३ कालो बादल हटेर त्यहाँ घाम भएको बेला खुशीहरूको सिमाझन तमाम भएको बेला भूपु प्रेमीकाले हजुर नि आउनु भनी निम्तो गरी छोरो पाको अवसरमा पार्टी धुमधाम भएको बेला। मुक्तक -४ आफ्नै जिन्दगी भएको झुर हेर्न सक्दिन चश्मा लगाउँदा नि ए हजुर हेर्न सक्दिन हे!भगवान मेरो दुवै आँखा फुटाई देऊ न है उस्को शिरमा अर्कैको सिन्दुर हेर्न सक्दिन । मुक्तक -५ जति बढाए नि त मोल लाउनै पर्ने हुन्छ स्यालले बाघ बन्न खोल लाउनै पर्ने हुन्छ खाना चाहिदैन बरु भोकै सुत्न तयार हुन्छ साँझपख रक्सीको झोल लाउनै पर्ने हुन्छ । धनगढी उपमहानगरपालिका -५, तारानगर, कैलाली । (अशोक बि. सी.का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष ८, २०७६ मंगलवार - १८:३२:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend