Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

चुपचाप (कविता) -उत्तम विचार

चुपचाप (कविता) -उत्तम विचार

images
  चुपचाप छ गाउँघर चुपचाप छन् बस्तीहरू चुपचाप भेटिन्छ चौतारो अनि चुपचाप छन् गस्तीहरू ! यति बेला बोल्न्ने कोही छैन छ भने रित्तो आँगनी छ जो मौनतामै थुप्रै कुरा बोली रहेछ पिंढी छ, मझेरी छ डिलैमा भेटिन्छन् बुढा बा-आमा जो परदेशिएका सन्तानको बाटो कुरिरहेझैं लाग्छ अनि लाग्छ जिन्दगीका आफ्ना ओझेल परेका पाटाहरू खिप्दै गरे जस्तो नांङ्लोमा चामल हालेर भुस निफन्नु साटो दु:ख रूपी थुप्रै-थुप्रै बियाँहरू टिपेर केलाउँदै गरे जस्तो ! एक तमास बोल्छ अनि बोलिरहन्छ भित्तामा झुण्ड्याइएको थोत्रो रेडियो जो वेपर्वाह भनिदिन्छ बन्द बाकसमा भित्रिँदै गरेका लाशका नमीठा समाचार । चुपचाप छन् पाटीपौवा ईनार चुपचाप छन् नदी बग्नु बगेकै छ छोई बग्ने किनार चुपचाप छन् परदेशिएका माउहरू फिरेनन् आजसम्म बचेराहरू चुपचाप छन् गाईहरू लडाईए भिरबाट चुपचाप छन् गोठहरू बोल्नु पर्नेका आवाज दवाइन्छन् यहाँ चुपचाप छन् ओठहरू ! खेतीयोग्य जमीन बाँझिनुपर्दाको पीडा बोकेर चुपचाप चुपचाप भेटिन्छन् थन्कियो हलो, विदेशिए हली खेती किसानी चुपचाप छ आधुनिकताको रंगले परम्परा छोपियो बाको निशानी चुपचाप छ बोलेको छ त उही काग आँगनीको डिलमा टेकेर काग काग गरिरहेछ मानौं उस्लाई आमाले "सुबोल ! सुबोल !!"भन्नुले कुनैं फरक पार्ने छैन ! गाउँको पीडा बोकेर हिजो चुपचाप सहर पसेकाहरू चुपचाप भेटिन्छन् मानौं दु:ख सहने बानी परेकोछ तिन्लाई अभावमै रमाउने बानी परेकोछ तिन्लाई चुपचाप छ सहर घरैघर बोकेर चुपचाप छन् मठ मन्दिरहरू चुपचाप छन् देवता र त मूर्ति चोरिएको थाहै हुन्न तिन्लाई अनि थाहै हुन्न चुपचाप निरपेक्षताको नाउँमा लादिएको बाईबलिजमहरू अनि 'होलि वाइन'का नाउँमा चुपचाप फिल्माइएका फिल्मइजमहरू चुपचाप छन् राहदानी चुपचाप छन् युवाहरू र त उनीहरू खाडीलाई कर्मथलो मान्न बाध्य छन् चुपचाप छन् डिग्रीका सर्टिफिकेटहरू जो बेरोजगारीको भुङ्ग्रोमा पिल्सिएर चुपचाप विदेशिन बाध्यछन् यस्तो लाग्छ बोल्ने कविहरू मात्र छन् जो चुपचाप कविताको सुनसान राजमार्गमा आफ्ना शब्दरुपी गाडीहरू वेपर्वाह दौडाइ रहेछन् चुपचाप बस् चुपचाप । - लिखु-६ , नुवाकोट । ( उत्तम विचारको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष ८, २०७६ मंगलवार - १८:४२:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend