Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

फुटेको शिशा र तिमी (कविता) -कृष्ण थापा

फुटेको शिशा र तिमी (कविता) -कृष्ण थापा

images
  आहा ? सार्है गर्व लाग्थ्यो तिमीप्रति खाडीको ४५ डिग्रीको राप पनि भुल्थें मैले कति मीठाे बोल्थ्यौ हगि ! हरेक दिन भिडियो कल हुन्थ्यो कति ख्याल गर्थौ मेरो पैसा ठूलो होइन शरिरको ख्याल राख्नु भन्थ्यौ बच्चाबच्ची खुशी नै देख्थें सधैं उर्जा आउँथ्यो मलाई साथीभाईसँग पनि वाह! मेरी सङ्गिनी भन्थें * * * दिउँसोभरी ब्यस्त हुन्थें राती एकैछिन तिमीसँग बोलेपछि शरीर हल्का हुन्थ्यो लाग्थ्यो स्वर्गकी परि हो मेरि श्रीमती ५/५ बर्ष यसरी नै बिताएँ १७ घण्टे डयुटीको प्रवाह नै गरिन मैले कति पटक त पैसा नपठाउन भनेकी थियौ ज्यादै असल मेरो मान्छे भन्ने लाग्यो महिना सकिएपछि एकपल पनि दु:ख गरेको श्रमको फल बालुवाको देशमा राख्न मन लागेन आफूभन्दा प्यारी ठानेकी तिमीतिरै सोझिन्थ्यो हात * * * एअरपोर्टमा पस्दा कति रोमाञ्चित भएको थिएँ अब दुई दिनमा बर्षाेे बिछोडिएको मायाको मिलन हुने दिन सम्झेर के के सोंचे मैले के के ? सँगै बसेको साथीले बोलाउँदा नि तिम्रै यादले ध्यानै गएनछ फोन गरिरहेकै थिएँ तिमीसँग सम्बाद भइरहेकै थियो काठमाडौ आएँ गाउँ पुग्न आधा दिन त बाँकी थियो अलि अलि तिम्रो स्वरमा फरकपन आएजस्तो लाग्यो मलाइ काठमाण्डौ लिन आइनौ आइसक्नु भो र? मात्र भन्यौ म प्रफुल्ल मुद्रामा तिमीलाई, मेरो गाउँलाई, छोराछोरी सम्झी सम्झी यात्रा गरें यात्राभरी पनि संचार सम्बन्ध जिवितै थियो घर आएँ राधा भन्दै चिच्चाएँ छोराछोरीको चर्को आवाज आयो मम्मी त दिउँसोदेखि हुनुहुन्न कतै गएको होला सोंचे अन्य कल्पना त मनमै थिएन कल्पना गर्ने अवसर पनि त कहिल्यै जुराइदिएनौ अनायासै मोबाइलको घण्टी थिच्न पुगें राधा भन्न मात्र पाएको थिएँ सरी अब म तिम्रो रहिन भन्यौ कति सुन्दर नाटक रचेकीरहेछौ अर्को दिन बैंक गएँ सबै खाता हेरें बाँकी थिएन केही शिशा फुटिसकेको थियो झर्यामझुरुम मेरो सपना चकनाचुर भयो मेरा लालाबाला बेहाल छोडेर गयौ तिम्रो चलाखीपूर्ण नाटककाे अन्त्य भयो तिमी फुटेकी शिशा हौ के भन्न बाँकी रह्यो र ? धोका दिनेलाई - रिब्दीकोट -३, पाल्पा । (कृष्ण थापाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष ८, २०७६ मंगलवार - १८:४६:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend