Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

उखु किसानप्रति समर्पित केही मुक्तकहरू

उखु किसानप्रति समर्पित केही मुक्तकहरू

नेप्लिज डायस्पोरा

१८, पौष २०७६
images
तस्बिर: फेसबुकबाट मुक्तक -१ हरेक साँझ रुँदैछ हरेक बिहान रुँदैछ मेरो देशको डाँडा पाखा मैदान रुँदैछ एकातिर महलमा मार्सी र मेदको मजा अर्कोतिर यो धर्ती पुज्ने किसान रूँदैछ । - कृष्ण पाण्डेय बुटवल, नेपाल । ........................................................... मुक्तक -२ सहनुको हद हुन्छ, यति सारो हुनै सक्तैन पसिना बगाउने, कहिल्यै कमारो हुनै सक्तैन सक्तैन कोही एकोहोरो, टुलुटुलु हेरेर बस्न उखु नगदे बाली, आँसु उधारो हुनै सक्तैन ! - रमेश पौडेल तनहुँ, हाल : रेडियो नेपाल । ........................................................... मुक्तक -३ बेहाल छ किसानकाे, गतिलाे एउटा वास छैन गाेठभरि डिंगा-बाच्छा, खुवाउने हरियाे घाँस छैन बिचाैलियाकाे चलखेल छ, राज्य उनकै हातमा बिचराे कति निराश छ,काेही कसैकाे आश छैन । - विनोद नेपाल पोखराथोक, पाल्पा । ........................................................... मुक्तक -४ उद्धार हुन्छ निमुखाको, आश्वासन त गहिरा हुन्छन् धैर्यता साँध्ने मुटुमा यता, भुइँचाला र पहिरा हुन्छन् नहुने जति भर्सेला परून्,तिनैका जहान् भोकै मरून् बुझ्ने निकाय सधैभरी, अन्धा अनि बहिरा हुन्छन् । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । ........................................................... मुक्तक– ५ आज चिया पिएँ कि किसानको आँसु, यो आँसुले पोल्छ कि पोल्दैन देउतालाई गुलियो खिर बाबर चढाएँ, नुनिलो आँसुले बोल्छ बोल्दैन न्यायको नाम लोकतन्त्र भनेको धेरै भयो, यो अन्याय हेर्ने कसले हो शासन शासना भो, अन्यायको कुटुरो यी आँसुले खोल्छ कि खोल्दैन ? - राजन कार्की काठमाण्डौ, नेपाल ।   (यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष १८, २०७६ शुक्रवार - २०:२६:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend