अमेरिका भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रेम बिश्वकर्माको प्रमुख आतिथ्यमा फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२० सार्बजानिक गरियो।
भर्जिनिया राज्यको फेरफ्याक्स सिटीमा जनवरी ३ तारिख शुक्रबार आयोजित कलाकार, पत्रकार, सिनेकर्मी, संघ संस्थाका पदाधिकारीहरु लगायतका नेपालीहरुको सभामा एक बर्ष अवधिमा फोटोग्राफर श्रेष्ठले खिचेका फोटोहरुमध्ये उत्कृष्ट मोडेल तथा कलाकारहरुको आकर्षक फोटाहरु समाबेश गरिएको नयाँ बर्ष २०२० को ग्लाम क्यालेन्डर सार्बजनिक गरिएको हो।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रेम बिश्वोकर्माका साथै नेपाल अमेरिका फिल्म सोशाईटीका अध्यक्ष पूर्णसिंह बराईली, मिस नेपाल युएसए सुरबी खनाल, मोडेल कला नेउपाने र नेपाली पत्रकारहरुको अन्तरास्ट्रिय संजाल ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले संयुक्तरुपमा फोटोग्राफर श्रेष्ठको ग्लाम क्यालेन्डर २०२० बिमोचन गरेका थिए ।

ग्लाम क्यालेन्डर २०१८ अमेरिकाका लागी नेपाली राजदुत डा। अर्जुनकुमार कार्कीले बिमोचन गरेका थिए भने २०१९ क्यालेन्डर ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले गरेका थिए । राजिव श्रेष्ठको फोटो ग्राफी कलाले नेपाल र नेपाली संस्कृतिलाई जोड्न सहयोग पुग्ने कुरा उपस्थित अतिथिहरुले व्यक्त गरेका थिए । 'झट्ट हेर्दा मोडल र ग्ल्यामर होला तर राजिव श्रेष्ठको मोडलिङ्ग फोटोग्राफीले नेपालमा एउटा नयाँ आयाम ल्याएको थियो, अब यो क्रम अमेरिकामाको नेपाली माझ पनि स्थापित भएको पाएँ'- प्रमुख अतिथि रुपमा बोल्दै रेम बिश्वकर्माले भने ।
स्थानीय संघ संस्थाका व्यक्ति तथा व्यक्तित्वहरुको उपस्थिति रहेको विमोचन कार्यक्रमको उद्घोषण डिसीनेपाल संचारकर्मी संदेशकुमार खड्काले गरेका थिए।