Logo

शुक्रवार, आश्विन २ गते २०८३   |   2026 September 18

images

images

साहित्यिक चौतारी नेपालद्वारा १६१ औँ मोती जयन्ती, तीज र कुशे औँसीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

साहित्यिक चौतारी नेपालद्वारा १६१ औँ मोती जयन्ती, तीज र कुशे औँसीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

२९, भाद्र २०८३
images
साहित्यिक चौतारी नेपालद्वारा १६१ औँ मोती जयन्ती, तीज र कुशे औँसीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  ​पाल्पा, भदौ २९ । साहित्यिक चौतारी नेपालको आयोजनामा १६१ औँ मोती जयन्ती, हरितालिका तीज तथा कुशे औँसी (बाबुको मुख हेर्ने दिन) को त्रिबेणी अवसर पारेर भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान तथा काव्य गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष कमला भण्डारी ढकालको अध्यक्षता र प्रख्यात समालोचक एवम् कवि डा. विन्दु शर्माको प्रमुख आतिथ्यतामा भदौ २९ गते उक्त कार्यक्रम आयोजना गरिएको हो ।

​कार्यक्रममा संस्थाका सल्लाहकार डा. भीम खतिवडा, सल्लाहकार तथा पूर्व अध्यक्ष सन्दीप सङ्ग्रौला 'दिलदुःखी', संरक्षक गीता भण्डारी, तथा अन्य केन्द्रीय समितिका पदाधिकारीहरूको बाक्लो समुपस्थिति रहेको थियो । ​संस्थाकी उपाध्यक्ष माया उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव शिरिष बन्जाडेले गर्नुभएको थियो । कार्यक्रममा विविध साहित्यिक प्रस्तुतिहरू रहेका थिए: ​काव्य तथा गजल प्रस्तुति: साहित्य प्रेमी 'सलिन'ले 'विकट कर्णाली' शीर्षकको कविता, सन्दीप सङ्ग्रौलाले शुभकामना तथा गजल, रितादेवी प्रधानले तीज सम्बन्धी कविता, गोमविक्रमले मुक्तक तथा मोतीरामको गजल, मीरा तिमिल्सिनाले 'बाबाको महिमा' शीर्षकको कविता र महासचिव शिरिष बन्जाडेले कविता तथा मुक्तक प्रस्तुत गर्नुभएको थियो ।

​संस्थागत जानकारी: रामप्रसाद सुवेदी 'संगम' ले संस्थाको चिनारी, यसको साहित्यिक योगदान र बाढीपीडितहरूका लागि राहत वितरणमा संस्थाले खेलेको भूमिकाबारे प्रकाश पार्दै गजल वाचन गर्नुभएको थियो । 

​सांस्कृतिक एवम् साहित्यिक चर्चा: संरक्षक गीता भण्डारीले तीजको आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गर्नुभयो । संस्थाका सल्लाहकार डा. भीम खतिवडाले युवाकवि मोतीराम भट्टका जीवनका ओझेलमा परेका पाटा र नेपाली साहित्यमा उहाँको योगदानबारे एक विश्लेषणात्मक मन्तव्य राख्नुभयो ।

​प्रमुख अतिथिको मन्तव्य: प्रमुख अतिथि डा. विन्दु शर्माले वाचन गरिएका मोतीराम, तीज र बाबुको महिमा सम्बन्धी रचनाहरूको संक्षिप्त समालोचना गर्दै आफ्नो चर्चित कविता 'ओकल दोकल तिकल चार' वाचन गर्नुभएको थियो । ​कार्यक्रमका क्रममा संस्थाका केन्द्रीय पदाधिकारीहरू कविराज शङ्कर, कञ्चन शर्मिला सापकोटा र डम्मरी जोशीको जन्मदिन परेकाले उहाँहरूलाई संयुक्त रूपमा शुभकामना व्यक्त गरिएको थियो ।

​अन्त्यमा, सभाध्यक्ष कमला भण्डारी ढकालले आफ्ना केही उत्कृष्ट मुक्तकहरू वाचन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - १५:१४:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend