Logo

सोमवार, आश्विन २६ गते २०८३   |   2026 October 12

images

images

पहिलो "पोतपवित्रा-प्रवीण स्मृति पुरस्कार" अग्रज स्रष्टा वनवासीलाई प्रदान

पहिलो "पोतपवित्रा-प्रवीण स्मृति पुरस्कार" अग्रज स्रष्टा वनवासीलाई प्रदान

नेप्लिज डायस्पोरा

२६, आश्विन २०८३
images
पहिलो "पोतपवित्रा-प्रवीण स्मृति पुरस्कार" अग्रज स्रष्टा वनवासीलाई प्रदान

      

अग्रज साहित्यिक व्यक्तित्व देवीप्रसाद वनवासीलाई पहिलो "पोतपवित्रा-प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार- २०८३" प्रदान गरिएको छ। करादीखोलास्थित कमला-ज्ञानप्रसाद उपाध्याय निवासमा सोमबार आयोजित अनौपचारिक समारोहका बीच उक्त पुरस्कार समर्पण गरिएको हो।

​पुरस्कारको राशि नगद रु. ११,१११/- (एघार हजार एक सय एघार) र सम्मानपत्र रहेको छ।

​विक्रम संवत् १९९७ कात्तिक २७ गते वालिङ (त्रियासी, शङ्खरेडाँडा) मा जन्मिनुभएका वनवासीले वि.सं. २०२० जेठमा झ्याउरे लयमा आधारित कविता सङ्ग्रह "माछापुच्छ्रेको काख" प्रकाशित गरी आफ्नो साहित्यिक यात्रा सुरु गर्नुभएको थियो। उहाँ छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यमा निरन्तर क्रियाशील हुनुहुन्छ।

​अक्षयकोष र पुरस्कार योजना

​करादीखोलास्थित कमला-ज्ञानप्रसाद उपाध्यायको घरपरिवारका तर्फबाट आफ्ना स्वर्गीय बुबा पोतप्रसाद उपाध्याय, आमा पवित्रादेवी उपाध्याय र छोरा चेतनारायण उपाध्याय "प्रवीण" (ज्ञवाली) को स्मृतिमा वि.सं. २०८१ मा "पोतपवित्रा-प्रवीण स्मृति पुरस्कार कोष" को स्थापना गरिएको थियो।

​नेपाली भाषा, वाङ्मय तथा लोकसंस्कृतिको श्रीवृद्धिमा योगदान पुर्‍याउने राष्ट्रियस्तरका अग्रज र युवा स्रष्टालाई हरेक वर्ष आलोपालो गरी पुरस्कृत गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको कोषका संस्थापक रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो।

​अध्यक्ष उपाध्यायका अनुसार पुरस्कारको राशिमा प्रत्येक वर्ष वृद्धि गर्दै लैजाने नीति लिइएको छ। जसअनुसार पहिलो वर्ष रु. ११,१११, दोस्रो वर्ष रु. १२,२१२ र तेस्रो वर्ष रु. १३,३१३ हुँदै क्रमबद्ध रूपमा पुरस्कार राशि बढाउँदै लगिनेछ।

 

​

images
प्रकाशित मिति :आश्विन २६, २०८३ सोमवार - १३:४५:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend