जल डमरु
हिमवत्खण्डबाट फुत्किएको झरना रोकिएन ।
बगिरह्यो, तरल हुनुको कम्पनसित ।
दैत्यका अवशेषहरू पवर्तमालाका हाड्मा रुपान्तरित हुँदै गइरहेका थिए ।
एक साँझ विन्ध्याचल पर्वतमा आइपुगेर गङ्गोत्रीले विशाल जलराशिको
स्वरुप लिंदै गर्दा प्रतिविम्व भेटिएन ।
चौतर्फी देखिएन पनि ।
बगिरहेको यो आर्तपुकार अणु ध्वनिमा थियो, एक अनन्त यात्रीझैं ।
जल कम्पन थियो, उष्ण गर्जन, सन्ध्यावदनको इन्द्रेनीजस्तै ।
युवराज मैनाली