Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सञ्जीव श्रेष्ठको नेतृत्वमा जनसम्पर्क समिति अमेरिकाको छुट्टै कमिटि गठन, देउवाद्वारा उदघाटन

सञ्जीव श्रेष्ठको नेतृत्वमा जनसम्पर्क समिति अमेरिकाको छुट्टै कमिटि गठन, देउवाद्वारा उदघाटन

नेप्लिज डायस्पोरा

१, मंसिर २०८३
images
सञ्जीव श्रेष्ठको नेतृत्वमा जनसम्पर्क समिति अमेरिकाको छुट्टै कमिटि  गठन, देउवाद्वारा उदघाटन

 

अमेरिका, १५ नोभेम्बर २०२६।

 

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो नियमित महाधिवेशन आइतबार सम्पन्न भएको जानकारी संचार माध्यमहरुलाई गराईएको छ। महाधिवेशनले सञ्जीव श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको बताईएको छ। 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुममार्फत महाधिवेशनको उद्घाटन गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

 

निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार वरिष्ठ उपसभापतिमा फिलिप केसी तथा महामन्त्रीमा सलिन बस्नेत र शिव ढकाल निर्वाचित हुनुभएको छ। महामन्त्रीमा निर्वाचित बस्नेत बाल्टिमोर क्षेत्रका नेपालीहरूको साझा अग्रणी संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) का निर्वाचित महासचिव समेत हुन्।

 

महाधिवेशनबाट १२ पदाधिकारी र १३ केन्द्रीय सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

 

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको नामावली

 

सभापति — सञ्जीव श्रेष्ठ

वरिष्ठ उपसभापति — फिलिप केसी

उपसभापति — अविनाश नायक, विनोद गौली, इन्द्र सिटौला, प्रेमकाजी श्रेष्ठ र रामबहादुर देउवा

महामन्त्री — सलिन बस्नेत र शिव ढकाल

सहमहामन्त्री — भरतराज जोशी, दीपा कार्की र श्याम यादव

केन्द्रीय सदस्य — बिजेन्द्र राना, विनोद साह, विश्व लामा, जस निदाल, जोशन श्रेष्ठ, कुमारी पार्वती उपाध्याय, मिसन भट्टराई, नवराज भट्ट, राधा ज्ञवाली, राजकुमार श्रेष्ठ, राम ढकाल, रेनु बम्जन र उमा थापा रहेका छन्।

 

स्मरण रहोस, केहि महिनाअघि मात्र भर्जिनियामा नेपाली जनसम्पर्क समिति अमेरिकाको नियमित महाधिवेशन सम्पन्न भएको थियो । र मुनेन्द्र नेम्वागं नेतृत्वको कार्य समिति गठन भएको थियो । 

images
प्रकाशित मिति :मंसिर १, २०८३ सोमवार - २०:३४:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend