Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पातालको गर्तमा (कविता) - रश्मि भट्ट

पातालको गर्तमा (कविता) - रश्मि भट्ट

नेप्लिज डायस्पोरा

१९, पौष २०७६
images
  ( छन्द : शार्दुलविक्रीडीत ) छाडी जन्मथलो पसें शहरमा पढ्ने बहाना थियो पढ्ने काम पुरा भएन सहजै लाखौं समस्या भयो खाने गाॅस कपास जोड्न सब यो खोज्नै पर्यो नोकरी के दिन्थ्यो सहजै कठै शहरले रित्ता मिले टोकरी ।।१।। बर्षौं बर्ष बिते यसै शहरमा आशा निराशासँगै बिर्से झैं हुन गो परन्तु घरकै माया थियो धेर नै फिर्ने चाह थियो भएर पनि खै कौडीबिना के फिरूँ सारा खेत सबै छ बन्धक जहाँ केले म फिर्ता गरूँ ?।।२।। केही गर्न सकूँ बसेर सहजै प्यारो यही राष्ट्रमा भन्ने भाव थियो , भएन तर खै, बेकार आतङ्कमा गल्ती गर्न कठै , परेन दिनकै काट्ने र मार्ने भयो लाखौं लाख शहीदका रगतले यो राष्ट्र नै रङ्गीयो ।।३।। के मीठा सपना म देखूँ अनि खै बाँच्नै भयो संकट भोगें भोग्न हुने र त्यो छ नहुने बाधा सबै हर्कत यस्तै भाव भयो विराग मनमा , हाम्रो छ के लायक ? केही गर्न अहो सकिन्न अझ ती घाती सबै नायक ।।४।। रोएँ रातदिनै म बाँच्न नसकी आफ्नै थियो देश त होला शान्ति भनी कुनै बखतमा भागें नि पर्देशमा आफ्नै देश जहाँ भएन ममता अर्कौ त अर्को न हो भाषा भेष सबै सहेर विविधा यो छाक टार्ने त हो ।।५।। बोले झैं त अझै कहाँ छ सहजै फर्केर जाने घर लेखें झैं कविता हुँदैन रमिता भिन्दै छ बाधा तर बाँच्ने हो दिनहुँ, अनेक थरका भोग्दै कैयौं शर्तमा साँच्चै भासिन चैं नपार भगवान् पातालको गर्तमा ।।६।। - काठमाण्डौं हाल : न्युयोर्क अमेरिका । ( रश्मि भट्टको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष १९, २०७६ शनिवार - १९:३८:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend