Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

फेरि एउटा रात जिउँदो हुँदैछ (कविता) - नीमा भुटिया

फेरि एउटा रात जिउँदो हुँदैछ (कविता) - नीमा भुटिया

नेप्लिज डायस्पोरा

२२, पौष २०७६
images
  मलाई पटक्कै यी रातहरू मन पर्दैन तर प्रकृतिको नियमलाई कसले बदल्न सक्छ र... दिनहरूको उज्यालो मनहरूको हेराइ हेर्दा-हेर्दै अचानक आएका यी रातहरूमा मलाई फेरि यो एउटा जिउँदो बनेको रात पटक्कै मन पर्दैन सुनसान गोरेटोमा टेकेका सुस्तरी ती पाइलाहरूको भयानक आवाजहरू यहाँ मुटु नै कमाउने यी कम्पनका डरहरू यहाँ अहँ----मलाई पटक्कै मन परेको छैन यी एउटा जिउँदा बन्दै गएको रातहरू जहाँ म न त आनन्दले सुत्न सक्छु न त म मेरो मनको भावनाहरू खुल्ला रूपमा पोख्नु सक्छु यसैले मलाई पटक्कै मन परेको छैन यी एउटा जिउँदो बन्दै गएका यो जिउँदा रातहरू जहाँ मेरो मनको भावना र सपनाहररू सबै निशब्द बनी अन्धकारमय डरमा लुक्नुपर्छ जहाँ मनको कुरा शब्दहरू नभेटी यहाँ निशब्द चुपचाप एउटा बिहानीको पर्खाइमा रहनुपर्छ यसैले अहँ-----! मलाई पटक्कै मन परेको छैन यी एउटा जिउँदो बन्दै गएको रातहरू यहाँ फेरि पनि---!!! - जलढक्का , भारत । (नीमा भुटियाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष २२, २०७६ मंगलवार - १८:३०:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend