Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

घर कुरुवा (लघुकथा) -विनाेद नेपाल

घर कुरुवा (लघुकथा) -विनाेद नेपाल

नेप्लिज डायस्पोरा

२४, पौष २०७६
images
  उनीहरूकाे आर्थिक अवस्था अत्यन्त कमजोर थियाे । तर बाबु-आमाले मेलाे पर्म गरेर पनि उसलाई पढाउने र जागिरे बनाउने निर्णय लिए । उसले एस.एल.सी. उत्तीर्ण गर्‍यो । घरकाे अवस्थाले गर्दा ऊ जागिर खान चाहन्थ्याे तर बाबु-आमाले उसलाई त्यसभन्दा माथिको शिक्षाका लागि पनि प्राेत्साहन गरे । प्रमाण-पत्र तहकाे अध्ययन पूरा गर्ना साथै ऊ सरकारी सेवामा प्रवेश गर्‍यो । सानै तहबाट जागिर शुरू गरे पनि उसलाई भाग्यले साथ दियाे । समयमै पदाेन्नति हुँदै गयाे। बाबु-आमालाई राजधानीमा ल्याएर राख्ने हैसियतकाे भयाे । केटाकेटी हुर्कायाे । जागिर अवधिभर बाबु-आमा घरमै बसे, नाति, नातिनाकाे रेखदेख गरे । ऊ पत्नी सहित खटिएका ठाउँमा पुग्याे । यता उसकाे निवृत्त हुने दिन नजिकिँदै थियोे उता उच्च शिक्षा हासिल गर्नका लागि विदेशिएका छाेराछाेरी विदेशमै आर्जन गर्न थालिसकेका थिए । छाेराछाेरीले बाेलाएपछि निवृत्त हुनासाथै उनीहरू विदेशिए । यता बाबुआमा काठमाडौंमा घर कुरेर बसे । वृद्ध भईसकेका बाबु-आमा फुर्सदिलाे भएको छाेराे फर्केपछि तिर्थयात्रामा जाने साेंचमा थिए । केही दिनपछि छाेराले आफू काममा लागेकाेले, विदा नमिल्ने भन्दै तुरुन्तै फर्कन नसक्ने खबर पठायो । बाबु-आमाको चाहना पूरा नहुने भयाे । उनीहरू छाेराकाे जागिर माेह र धनप्रतिकाे लालसा देखेर दङ्ग परे । र, आफ्ना लागि काठमाण्डौंमा साँगुरो काेठाभित्रकाे बसाइभन्दा गाउँकाे फराकिलो आँगन नै प्याराे र सहज हुने भन्दै अर्को घर कुरुवा खाेज्न सुझाउँदै उनीहरू आफ्नै गाउँ फर्के । - पोखराथोक पाल्पा ।   (विनाेद नेपालको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष २४, २०७६ बिहिवार - २१:३६:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend