Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गजल -शर्मिला श्रेष्ठ

गजल -शर्मिला श्रेष्ठ

नेप्लिज डायस्पोरा

२८, पौष २०७६
images
मुस्काउन पनि दु:ख गाल्नुपर्छ सुख चाहिए संघर्ष चाल्नुपर्छ । त्याे अस्तित्व बचाउन हुन्छ गाह्रै च्यातिए नि दृढताले टाल्नुपर्छ । पाेल्छन् भतभती वचन वाणले जलेकाे दिलमा धैर्य हाल्नुपर्छ । स्वाधिनतामा बाँच्न चाहन्छाैं भने कुसंस्कार, विसंगति ढाल्नुपर्छ । प्रगति टाकुराे पुगिन्न सजिलै सकारात्मक साेच नि पाल्नुपर्छ । - भैँसेपाटी काठमाण्डौ हाल : अमेरिका । (शर्मिला श्रेष्ठको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष २८, २०७६ सोमवार - ०९:२०:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend