Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल -सरू बस्नेत

गजल -सरू बस्नेत

नेप्लिज डायस्पोरा

२८, पौष २०७६
images
  जति उफ्रे पनि कुवाको भ्यागुतो कुवामै कुहिन्छ हालत जस्ताको तस्तै कर्म खोटी यही सम्झिन्छ मनकी चरी उड्दै माथि पुग्छे पुग्न त बादलमा यथार्थमा थकित पाइलाहरू नचाल्दै रोकिन्छ कष्ट दिन पनि यहाँ पीडित रोज्छन् भगवानले भन्नु मात्र हो दिन फिर्छ अनि भाग्य बदलिन्छ कसैको रित्तो खल्ती कसैको पैसामै छ जिन्दगी गरिबको खाडी मुलुकमा खटेरै जवानी खिइन्छ अरे !यो स्वार्थी दुनियाँ अजीवको लाग्छ मलाई भोको पेटमा चारो भर्न खुसी बन्धकी राखिन्छ । - निजगढ, बारा ।   (सरू बस्नेतको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष २८, २०७६ सोमवार - ०९:४१:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend