Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

यो जाडो पनि सहजै कटाइन्छ(५ मुक्तकहरू) -भरत आचार्य

यो जाडो पनि सहजै कटाइन्छ(५ मुक्तकहरू) -भरत आचार्य

images
  मुक्तक -१ भनिन्छ डाक्टर र वकिललाई ढाँट्नु हुँदैन यो सत्य हो न्याय दिनेले गुलियो चाट्नु हुँदैन जगतको भलाईमा एक झुट जायज हुन्छ रे - तर पनि पैसासँग इमान जमान साट्नु हुँदैन । मुक्तक -२ बिहान सन्यासी जस्तो हुन्छु दिनभरि दासी जस्तो हुन्छु मेरो दैनिकी यस्तै चलिरहेछ - साँझमा अलि बदमासी जस्तो हुन्छु । मुक्तक -३ दोष लाउने अनेक समिति र अख्तियार छ चोख्याउने अदालत बलियो हतियार छ करोड खानेलाई हजारमा उम्काइदिन्छ - ढुक्क हुनुहोस् उता पनि नजिर छ मतियार छ । मुक्तक -४ बरु ज्यानमा थोत्राथाङ्ग्रा लाइन्छ खान चैं झ्याईंझुईं पारेरै खाइन्छ यस्ता जाबा जाडा कति कटाइयो - यो जाडो पनि सहजै कटाइन्छ । मुक्तक -५ जे जेको चिन्तन गर्‍यो थोर बहुत दैवले त्यही दिन्छ यता दुख्यो उता चस्क्यो सम्झी रहे त्यै व्यथाले मरिन्छ हुने हुनामी न भै छाड्दैन निश्चिन्त रहनु होस् - श्रोत साधन सबै व्यर्थ हुन्छन् मरेपछि को व्युँतिन्छ ? पोखरा, नेपाल । (भरत आचार्यका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :माघ ४, २०७६ शनिवार - २२:४८:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend