Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

भन्छिन् मेरी आमा (कविता) - सञ्जित तामाङ्ग

भन्छिन् मेरी आमा (कविता) - सञ्जित तामाङ्ग

images
  पहाडदेखि तराईसम्म हाम्रै पूर्खाले अर्जेको नासो हाम्रै हो, भन्छिन् मेरी आमा हरियालि चियाबारी उकाली ओराली भञ्ज्याङ देउराली हाम्रै हो, भन्छिन् मेरी आमा । पूर्खाको रगतले सिंञ्चेको मेहनत र पौरखले सजिएको यो पाखा पखेरो माटो सेरोफेरो हाम्रै हो, भन्छिन् मेरी आमा । एउटै छ आकाश एउटै छ धर्ती मगर तामाङ भोटे लेप्चा गुरुङ खस राई लिम्बु सुब्बा नेवार दमाई, सार्की एउटै गोर्खा जाति हाम्रै हो भन्छिन् मेरी आमा । अनेक छन् बोली रीति रिवाज संस्कार अघि बढाई लानु भोली नगर्नु कहिले तिरष्कार अस्तित्व परिचय राष्ट्रमा एउटै गोर्खा जाति भाषामा हाम्रै हो भन्छिन् मेरी आमा । - नोलडाँड़ा मिरिक दार्जीलिङ्ग भारत । (सञ्जित तामाङ्गको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :माघ ५, २०७६ आइतवार - १०:४२:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend