Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

चलचित्र लक्का जवानको शिर्ष गीत नेपाल र अमेरिकामा एकैदिन सार्बजनिक

चलचित्र लक्का जवानको शिर्ष गीत नेपाल र अमेरिकामा एकैदिन सार्बजनिक

images
चलचित्र लक्का जवानको शिर्ष गीतलाई नेपाल र अमेरिकामा एकैदिन सार्बजनिक गरिएको छ । नेपालमा निर्देशक शिवहरी पौड्याल र अमेरिकामा निर्माता धुर्ब वन्त र अनु वन्तको नेतृत्वमा गीत सार्बजनिक गरिएको हो । अमेरिकामा भएको कार्यक्रममा चलचित्रकी निर्माता र नायिका अनु वन्त र नायक दिलिप रायमाझी लगायतका कलाकारहरुको उपस्थिति थियो । यो गीतलाई नायिकाहरु मेलिना मानन्धर, ऋचा घिमिरे, अरुणिमा लम्साल र लक्का जवान चलचित्रकी नायिका अनु वन्तले संयुक्त रुपमा सार्बजनिक गरेका थिए । कार्यक्रममा बरिष्ठ लोक गायक प्रेमराजा महतले आफुले दोहोर्याएर सुनेको भन्दै यो गीत अवश्य हिट हुने बताए । उनले चलचित्रका कलाकारहरुको नामले नै यो चलचित्र हिट हुने पक्का भएको बताएका थिए । लामो समय अमेरिका बसेका चलचित्रका निर्माता धुर्ब वन्तले आफ्नो जीवनको एउटा सपना पुरा भएको खुशियाली सबैलाई सुनाएका थिए । कार्यक्रममा चलचित्रका नायक दिलिप रायमाझीले यो चलचित्रले नेपाली समाजको यथार्थता पस्केको बताए । नेपालको कार्यक्रममा निर्देशक शिवहरी पौडेल, सह-निर्माता किरण के सि, कलाकारहरु सलोन बस्नेत, बर्षा शिवाकोटी, राजाराम पौडेल, सङीतकार बाबुल गिरी लगायतको उपस्थिती रहेको थियो भने बाल्टिमोरको कार्यक्रममा हाल अमेरिकामा नै बसोबास गरिरहेका नेपाली चलचित्रका लोकप्रिय कलाकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा नायक राज बल्लभ कोइराला, मुकेश ढकाल, मुकेश आचार्य, बिमलेश अधिकारीका साथै निर्देशकहरु सुरेश दर्पण पोखरेल, बाबुराम ढकाल, शंकर घिमिरेको पनि उपस्थिति थियो । तस्बिर: बिनोद अधिकारी, नमस्ते स्टुडियो       https://youtu.be/PrSgzNNBSug

images
प्रकाशित मिति :माघ ५, २०७६ आइतवार - १५:५६:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend