Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एउटा आरोपी हटाएर अर्को आरोपीलाई सभामुख नबनाउन मिन विश्वकर्माको आग्रह

एउटा आरोपी हटाएर अर्को आरोपीलाई सभामुख नबनाउन मिन विश्वकर्माको आग्रह

images
२०७६, ६ माघ सोमबार काठमाडौँ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सभामुखको उम्मेदवारमा पार्टीले गरिसकेको निर्णयमा पुनःविचार गर्न नेकपालाई आग्रह गर्नुभएको छ । उहाँले एउटा आरोपमा भइरहेको सभामुलाई हटाएर अर्को निष्पक्ष व्यक्ति सभामुखमा नपठाउँदा सरकारमाथि नै आरोप लाग्ने र यसको सन्देश पनि सकारात्मक नजाने भन्दै नेकपालाई निर्णयमा पुनःविचार गर्न समय रहेको बताउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै विश्वकर्माले नेकपा पार्टीले गरेको निर्णयका विषयमा प्रतिपक्षी कांग्रेसले कुनै टिप्पणी गर्न नमिल्ने भएपनि सभामुख जस्तो पदमा निष्पक्ष व्यक्ति लैजाउ भन्ने कांग्रेसको सुझाव रहेको बताउनुभयो । विश्वकर्माले भन्नुभयो,‘नेकपा पार्टीले गरेको निर्णयमाथि कांग्रेसले टिप्पणी गर्दैन । तर, कुनैपनि फोजदारी अभियोग नलागेको व्यक्ति हुनुपर्छ भन्ने हाम्रो सुझाव छ । उहाँहरु बहुमतमा हुनुहुन्छ र जस्लाई पार्टीले पठायो उही सभामुख हुन्छ । हाम्रो भनाई सभामुखमा निक्ष्कलंक मान्छे पुगोस भन्ने हो । उहाँमाथि हत्या गरेको भन्ने ओप अदालतमा विचाराधिन छ । यसले संविधान र यसअघिका मुल्य मानयतामा आँच पर्याउछ’ । उहाँले सभामुख वा उपसभामुख मध्ये एक पदमा कांग्रेसको दावी रहने भन्दै प्रतिपक्षलाई विश्वासमा लिएर सरकार अगाडी जान चाहाने हो भने कांग्रेससँग छलफल हुनुपर्ने बताउनुभयो । नेकपाले प्रस्ताव गरेपछि व्यक्तिका विषयमा समाजिक टिप्पणी सुरु भएकाले यस विषयमा प्रतिपक्षी दलका हैसियतले नेपाली कांग्रेसले संवैधानिक अंगमा रहेका व्यक्ति स्वच्छ हुनुपर्छ र साझा एवं चरित्रवान भए राम्रो हुने विश्वकर्माको भनाई छ । उहाँले सत्तापक्षका नेता देवेन्द्र पौडेलको भनाईको खण्डन गर्दै अदालतमा विचाधिन रहेको विषयलाई डलरसँग जोड्दा के जनयुद्ध पनि डलरकै लागि थियो भन्ने प्रश्न उठ्ने भन्दै यस्ता विषयमा सोच्नुपर्ने बताउनुभयो । अदालतको कामलाई डलरसंग जोडन नमिल्ने र अदालतमा रहेको मान्छे मारिएको विषयलाई डलर वादी भन्न नमिल्ने उहाँको भनाइ छ । रेडियोएनआरएन डटकमबाट ।

images
प्रकाशित मिति :माघ ५, २०७६ आइतवार - २१:५६:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend