Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एमसीसीका बारेमा अमेरिकाका लागि पुर्व नेपाली राजदुत डाक्टर शंकर शर्माको खुलासा

एमसीसीका बारेमा अमेरिकाका लागि पुर्व नेपाली राजदुत डाक्टर शंकर शर्माको खुलासा

images
  टेक्सास, बहुचर्चित अमेरिकी सहयोग कार्यक्रम एमसीसी अमेरिकाको चाहनामा भन्दा पनि नेपालको पहलमा शुरु भएको अमेरिकाको लागि पुर्व नेपाली राजदुत डाक्टर शंकर शर्माले बताउनुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका डाक्टर शर्माले पत्रकार सूर्य थापासंग कुरा गर्दै एमसीसीको शुरुवात देखी हालसम्मको प्रगतीको बारेमा बिस्तार गर्नुभएको छ । सन् २००२ मा तत्कालीन प्रधानमन्त्री सहित आफु पनि अमेरिकाको भ्रमणमा आउंदा नेपाललाई सहयोग गर्न गरिएको आग्रह पश्चात नै एमसीसी नेपालमा शुरु भएको उंहाले बताउनुभएको छ । सन् २०११ मा आफु अमेरिकाको राजदुत हुंदा गरेको पहल र एमसीसी नेपालमा लागु हुंदाका क्षणहरुमा पनि कार्यक्रममा डाक्टर शर्माले बिस्तारमा बताउनुभएको छ । एमसीसीको बिरोध धेरैले नबुझेरै गरेकोमा अचम्म मान्दै डाक्टर शर्माले यस प्रकारका सहयोगको बिरोध हुंदा अन्य देशबाट आउने ठुला सहयोगहरुलाई असर पर्न सक्ने खतरा समेत औल्याउनुभएको छ । यो सहयोगबाट नेपालमा सेना जान्छ भन्ने जस्ता हल्ला गर्नु एमसीसीको अध्यन बिना नै बोलेको कुरा भएको उंहाको भनाई छ । प्रस्तुत छ डाक्टर शर्मासंग गरिएको भिडियो कुराकानी ।   https://youtu.be/X8Vcmggiruw

images
प्रकाशित मिति :माघ ९, २०७६ बिहिवार - १९:०७:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend