Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

श्रीमती र भट्टी - कृष्ण थापा (कविता)

श्रीमती र भट्टी - कृष्ण थापा (कविता)

नेप्लिज डायस्पोरा

१०, माघ २०७६
images
  मान्छेहरू भन्छन् मेरी श्रीमती साह्रै शील स्वभावकी छिन् मलाई पनि उनीसँग भएको बेला आँखामा राखिरहुँ जस्तो लाग्छ ज्यादै सुन्दर मिलेको शरिरसँगै चिटिक्क राम्री देखिन्छिन् वरपर छिमेकमा सबैले मन पराउँछन् सहयोगी मायालु छ भन्छन् उनीसँग हुँदा साह्रै गर्व लाग्छ मलाई मेरी श्रीमती वाह ! वाह!! छिन् भनेर * * * अलि अलि के बानी पर्यो पर्यो साँझपख साइँलीको भट्टीमा जान मन लाग्छ पानीको बाफमा तयार पारिएको झमझम पार्ने झोल खान मन लाग्छ साइँलीलाइ देख्दा त खान मन लाग्ने होइन नराम्री कुरुप देखिन्छे तर तलतल लाग्छ र पिउने गरेको छु पिउँदै जाँदा जीवनै पिइन्छ कि कुन्नि ? क्रमश वाह ! साइँली लाग्छ झुर स्वास्नी ब्यहोर्न परेकोमा पछुतो लाग्छ कहाँ कि साइँली कहाँ कि ऊ ? अलि अलि जिस्किदै साइँलीले झोल थप्दै जान्छे झन आहा ! साइँली हुँदै जान्छ तर राती भट्टीबाट निकालिदिन्छे फिक्कर नगरी साइँलीको गीत गाउँदै बासमा जान्छु । * * * घरमा मलाई नै कुरिराखेकी हुन्छे खाना पस्किदिन्छे साइँलीको अगाडि झुर देखिन्छे ऊ कहाँको संवेग आउँछ कुन्नि ? खानाको थालमा पैतालाको बज्र पर्छ ढुन्मुनिदै जुत्तैसँग बिस्तारामा पुग्छ ज्यान भोकै चुपचाप सुत्छे ऊ नजिक आए पनि गाली खान्छे नजिक नभए पनि गाली खान्छे । * * * बिहान टाउकोमा ह्याङ्ग भएको हुन्छ सरी डार्लिङ्ग भन्दै उनको नजिक पुग्छु हजुरले के गर्या हो भन्छिन् सरी भन्छु खेल टुङ्गिन्छ अनि फेरि मेरी श्रीमती उस्तै राम्री लाग्छ पश्चाताप हुन्छ हिजोको खेलमा तर जब साँझ पर्न थाल्छ फेरि तलतल लागेर आउँछ उहीँ साइँलीको भट्टीतिर जान मन लाउँछ । - रिब्दिकोट -३ पाल्पा । (कृष्ण थापाको यो  कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :माघ १०, २०७६ शुक्रवार - १०:०७:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend