Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सन्दर्भ चितवन एसपीको, कुरा आइजीपीको भूमिकाको

सन्दर्भ चितवन एसपीको, कुरा आइजीपीको भूमिकाको

नेप्लिज डायस्पोरा

१०, माघ २०७६
images
राधाकृष्ण देउजा नेपाल प्रहरीको हरेक सरुवाहरुको विषयमा चर्चा हुनु सामान्य नै हो । तर स्थान र त्यसको महत्व अनि सरुवा भएका अधिकृतको योग्यता , क्षमता अनि ट्रयाक रेकर्डको आधारमा कतिपय सरुवाहरु अलिक धेरै चर्चा पनि हुनसक्छ जुन स्वाभाविक नै हो । त्यस्तै स्वाभाविकता अनुसार अहिले चितवनको एसपी सरुवाको विषय पनि चर्चाको केन्द्रमा रहेको छ । नेकपाको अध्यक्ष प्रचण्ड सहित वाहलवाला गृहमन्त्रीको समेत गृह जील्ला भएकोले मात्रै नभएर त्यहाँ कार्यरत तत्कालिन एसपी अलिक विवादित अनि पठाइएको एसपी उच्च व्यवसायिकता अनि इमान्दारिताको कारण सर्वत्र सम्मानित भएकोले गर्दा पनि चर्चा स्वाभाविक नै थियो । अझै सरुवा निस्कँदा त्यहाँ कार्यरत रहेका एसपीले सार्वजनिक ढंगले नै सरुवा भएको स्थानमा जान आनकानी गर्नुले पनि अनावश्यक हल्ला र विवादलाइ प्रसय दियो । त्यसमाथि पनि चितवनको नया प्रहरी प्रमुखको रुपमा खटिएकि एसपी हालसम्म पनि त्यहाँ नपुग्नु र साविक दरवन्दीमै कार्यरत रहनुले गर्दा कतिपयले विभिन्न अनुमान सहित व्याख्या विश्लेषण गर्न पाएका छन भने कतिपयले यही मौकामा टिप्पणी गर्ने मौका पाएका छन, जसलाइ नियत भन्दा पनि परिस्थितीको उपज भन्ने मान्दा उचित हुने देखिन्छ । तर यहाँ जानेर वा नजानेर भुल्न खोजिएको वा चर्चा नगरिएको तथ्य के हो भने कतिपय अवस्थामा प्रहरीको आफ्नै आवश्यकताले पनि निर्णय गर्दाको अवस्थामा खटाइएको प्रहरीकर्मीलाइ केहि समय ढिला गरेर पठाउने वा विकसित घटनाक्रमको माग अनुसार अन्यत्रनै खटाउने काम पनि हुनसक्छ र त्यो भएको पनि छन । हो स्वाभाविक रुपमा त्यसो हुँदा अनुमानको आधारमा व्याख्या विश्लेषण हुन्छन , त्यसो हुनुमा कसको के भूमिका थियो वा हो भन्ने ढंगले कुराकानी पनि हुनसक्छन तर त्यसको साथसाथै जे ठानिएको हो त्यही सत्य नहुन पनि सक्छन । अहिले चितवनमा खटिएको एसपी जील्ला नपुगीसकेको विषयमा पनि अनेकन आशँका सहितका विश्लेषण र टिप्पणीहरु भैरहेका छन । त्यसो हुन नसक्नुमा कहिले खटिएर जाने एसपीको यो वा त्यो भनाइ वा लेखाइ कारण भन्दिएको छ त कहिले आइजीपीले यसो वा त्यसो गर्न चाहेकोले भनेको छ त कहिले पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाइ समेत जोडेर उनको कारण यस्तो भएको भनिएको पनि देखिन्छ । भित्रि कुरो जान्ने कुरा त भएन तर सरसर्ति हेर्दा चाहिं सरुवा भएको सुची संशोधन वा परिमार्जन भएको छैन , त्यसो हुनाले खटिएको एसपीलाइ जान दिइएन वा नदिन खोजियो भन्ने मान्न सकिन्न । झन एक व्यवसायिक अधिकृत जील्ला प्रहरी प्रमुख हुँदा त्यो जील्लाको जनताले कति शान्ती पाउँछन भन्ने बुझेको जन निर्वाचित नेतृत्वले एक व्यवसायिक र इमान्दार अधिकृतलाइ आउन दिएन भन्ने अनि जसले पठाउने निर्णय गरे उनैले कार्यान्वयन गर्न आँटेनन वा चाहेनन् भन्ने कुराहरु चाहिं त्यति अमिल्दो र अपत्यारिलो नै देखिन्छ जति तथ्यलाइ मोडेर , अपव्याख्या गरेर एक जिम्मेवार प्रहरी अधिकृतले कुनै जीवित मान्छेलाई श्रदान्जली लेखिन भन्ने तथ्यहीन समाचारहरु अमिल्दो र अपत्यारिलो देखिन्छ । हो स्वाभाविक रुपमा चितवनको प्रहरी प्रमुखको रुपमा खटिएकी एक उच्च व्यवसायिक अधिकृतले जिम्मेवारी सम्हाल्ने अवस्था बन्न ढिला भैरहेको छ तर त्यो ढिलाई उनलाइ जान नदिन भन्दा पनि उनको योग्यता , क्षमताको प्रयोगले अरु केहि महत्वपूर्ण काम सक्नु पर्ने भएकोले त्यो सकेर मात्रै पठाउन खोजिएको पो हो कि भन्ने तर्फ पनि विचार गर्दा चाहिं अलिक सहि र न्यायोचित होला कि भन्ने तर्फ पनि अलिक विचार गर्दा सान्दर्भिक हुन्थ्यो होला । आइजीपी जसले चितवनको आवश्यकता र महत्व अनुसार इमान्दार, योग्य, सक्षम र उपयुक्त अधिकृतलाइ खटाउने निर्णय लिए उनकै नियतमा सवाल खडा गर्ने कार्यले अरु त के गर्छ त्यो थाहा भएन तर त्यसले प्रहरी संगठनको यथार्थलाइ नजरअन्दाज गर्नुको साथै गरको सहि निर्णयको पक्षमा दृढता राख्ने आइजीपी प्रति न्याय जरुर गर्दैन ।

images
प्रकाशित मिति :माघ १०, २०७६ शुक्रवार - २१:०३:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend