Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एमसिसि नेपालको हीतमा छ - उत्तम गौली

एमसिसि नेपालको हीतमा छ - उत्तम गौली

नेप्लिज डायस्पोरा

१२, माघ २०७६
images
  राष्ट्रीयताको घुर्की त जस्ले पनि लगाउन सक्छ। जनता भडकाएर सत्तामा पुग्ने दाऊ जहिले पनि भइरहन्छ, त्यसमा अड्किउन्जेल नेपालीको दिन आउनेछैन। मनमोहन सिंहले १९९२ मा भारतको अर्थव्यवस्थाको उदारीकरणको प्रारंभ गर्दैगर्दा राष्ट्रवादीहरुले धेरै विरोध गरेका हुन। भारतमा एउटा चाइनीज कलम लग्यो भने त्यो बेलामा भारु १०० मा बेच्न सकिन्थ्यो। तर लान पाईंदैनथ्यो। भारतको अर्थव्यवस्था राष्ट्रवादीहरुको सांघुरो सोचले जकडिएको थियो। तर यो राष्ट्रबादको खोक्रो नाराले मात्र विकासको फड्को मार्न नसकिने बुझेपछि नरसिंह रावको सरकारले अर्थमन्त्रीमा अर्थशास्त्री मनमोहनलाई सिंहलाई ल्यायो। पछि मनमोहन आफै प्रधानमन्त्री भएपछि अमेरिकाको शिकागो विश्वविद्यालयबाट अर्थशास्त्री रघु राजनलाई ल्याएर (ब्रेन गेनको आइडिया!) भारतीय रिज़र्व बैंकको गभर्नर बनाए। भारतको भावी विकासको मोडल बन्यो। भारतको अर्थव्यवस्थाले कोल्टे फेर्यो। माइक्रोसॉफ़्ट, स्टार नेटवर्क, फक्स, ईएसपीएन, होंडा, क्याडबरी, तगायतका कम्पनिहरु आए। जसले भारतलाई एक प्रबल क्रय शक्ति भएका यस्ता उपभोक्ता क्षेत्रमा परिवर्तित गर्यो कि विदेशी लगानी भारतमा आउन थाल्यो, भारतमा IT-Revolution भयो, अनि भारतका लाखौं युवा-युवतिहरुलाई रोजगारीका अवसर खुले। भारतीयहरु स्मार्ट त छंदैथिए, उनीहरुले बजारको मेसो पाएपछि भटाभट आफ्नै स्टार्ट-अप कम्पनिहरु पनि खोल्न थाले। सडकहरु विस्तार भए, इनर्जीको आपूर्ति बढ्यो, सूचनाको सहजरुपमा पहुँच भयो। भारतीय उत्पादनहरु अमेरिकी बजारमा बेच्न सहज भयो। मान्छेहरुले उद्यमशीलता सिके, आर्थिक विकासको स्वाद चाखे। अर्थतन्त्रको ईन्जन जब चल्यो, रोकिंदै रोकिएन। फास्ट फर्वार्ड, अन्तरीक्षमा समेत यान पठाउने काम शुरु भयो। सबैभन्दा रमाइलो कुरा चाहिं रेलको प्लेटफ़ार्ममा चिया बेच्ने मान्छे देशको प्रधानमन्त्री बन्यो। तर यो कथा त्यत्ति नौलो भने होइन। यस्तै कथा हाम्रो उत्तरतिर पनि झन् पहिल्यै प्ले भैसकेको रैछ, हामी सुतीरहेकै बेलामा। सन् १९८० सम्म चीनमा ८०% भन्दा बढी मान्छे गरीबीको रेखामुनी थिए। त्यहॉंको कम्युनिस्ट सरकारसंग अर्थव्यवस्थामा परिवर्तन ल्याउन सक्ने भिजन थिएन। देशमा कुण्ठा व्याप्त थियो। सन् १९७६ मा माओत्सेतुङ्गको मृत्युपछि, देङ सिआयो पेङ भन्ने दूरदर्शी नेताको बिस्तारै सत्तामा उदय भयो। र चीनले टाढा टाढा पुग्नेगरी बजार अर्थव्यवस्थाको सुधारको शृंखला शुरु गर्यो। देङले अमेरिकासंग सम्बन्ध विस्तार गरे, चीनलाई WTO को सदस्य बनाए, र अर्थतन्त्रको यन्त्र नरोकिने गरी चलाइदिए। त्यो बेला पनि चीनका कथित “राष्ट्रवादी” हरुले उनको खेदो खनेका थिए। चीनको अस्मिता बेच्यो भनेर उनीहरुले आरोप लगाएका थिए । तर अमेरिकाले चाहिं देङको आशयलाई बुझेर त्यहाँको गरीबी हटाउन यो सहयोग गरेको थियो । चीनको आवश्यकता र अमेरिकाको चाहना अनुरुप नै उक्त सहयोगले चीनको गरीबी हटाउन धेरै सहयोग मिल्यो । अमेरिकाले शिक्षामा, स्वास्थ्यमा मानवीय सहयोग गरीरह्यो। अमेरिकी बजारको सूचना चीनलाई दियो। उद्यमशीलताका अनुभवहरु बॉंडिए। चीनका उत्पादनहरु अमेरिकामा बेच्ने ढोका पनि ह्वात्तै खुल्यो। त्यही जगमा शुरु भएको चीनको अर्थव्यवस्था अहिले आशलाग्दो भएको छ। फास्ट फर्वार्ड, अहिले एक राष्ट्रवादी नेता सी जिनपिङले चीनको सत्ता हासील गरेपछि चीनको केहि रकम व्याजमा लगाएर संसारका गरीब देशहरुमा दबदबा फैलाउने आकांक्षालाई बिआरआईबाट अघि सारेका छन्।अफ़्रीकाका धेरै गरीब देशहरु यो कार्क्रममा सहभागी भएका छन्। बेल्ट र रोड (BRI) को अरबौं डलरको प्रवाहले विकासशील देशहरूमा आर्थिक सूचकहरुमा सकारात्मक आर्थिक प्रभाव पारेको छ, तर लगातार राजनीतिक र राष्ट्रिय सुरक्षा चिन्ताद्वारा ग्रसित यो कार्यक्रमको मुल्याङ्कन हुन बॉंकि छ। चीनले BRI लाई आफ्नो सैन्य आकॉंक्षासंग भिन्न नगरेको, अति दीर्घकालीन ऋण (९० बर्षसम्मका) प्रवाह गरेको, र पारदर्शिता नअपनाएको कारण कतिपय गरीब राष्ट्र सशंकित भएका छन्। पाकिस्तानको सी-पेक परियोजना त्यसको एक उदाहरण हो। खुशीको कुरा के हो भने राष्ट्रीयता उछाल्ने तन्नमहरुले मनमोहनलाई र देङलाई घोक्रो फुलाउंदै गाली गरीरहे। त्यो देखेर उनका फ्यानहरुले सडकमा गल्लीमा नाराबजी गरीरहे, तर पनि बिकासको गति रोकिएन। उनीहरुले पनि केहि समयपछि कुरा बुझे। तर पनि आफ्ना राष्ट्रवादी फ्यानहरुको हुल देखेर दंग परीरहे। समय बित्दै गयो, फेरी राष्ट्रवादीहरु सत्तामा आएका छन्। सॉंच्चै भन्ने हो भने अहिले राष्ट्रवादीहरुको दबदबा छ। अमेरिका होस या ब्राज़ील, चीन, भारत वा नेपाल, राष्ट्रवादीहरुकै हुँकार गुन्जीरहेको छ। आखिर अर्थतन्त्रको रेल चल्न थालिसकेपछि त त्यसमा सबैभन्दा हतारो गरेर चढ्ने पनि त राष्ट्रवादीहरु नै हुनेरैछन। आखिर उनीहरुको आफ्नै मन्त्र अनुसार पनि त देशमा पहिलो हक़ त राष्ट्रवादी कै हुन्छ। तर केहि फरक पर्दैन। पहिला हाम्रो राष्ट्रीय अर्थतन्त्रको रेल चलाउन सबै एकजुट होऊँ। रेल चलिसकपछि अगाडिका डिब्बामा बसेपनि पछाडिका डिब्बामा बसेपनि केहि फरक पर्दैन। अब हामी सबै जाने आखिर एउटै दिशामा हो: आर्थिक बिकासको, समृद्धिको, शान्तिको। (गौली अमेरिकाको मेरिल्यान्डस्थीत मोर्गन स्टेट युनिभर्सिटीमा एसोसियट प्रोफेसर हुनुहुन्छ । यो विचार उहाँको फेसबुकबाट लिईएको हो । -सम्पादक । )

images
प्रकाशित मिति :माघ १२, २०७६ आइतवार - १०:०३:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend