Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पोर्चुगलमा फुटबल प्रतियोगिता सम्पन्न

पोर्चुगलमा फुटबल प्रतियोगिता सम्पन्न

नेप्लिज डायस्पोरा

१४, माघ २०७६
images
  कृष्ण अधिकारी पोर्चुगल गैर आवासिय नेपाली संघ, क्षेत्रिय समन्वय परिषद्, अल्गार्भ पोर्चुगलको आयोजनामा Complexo Desportivo de Monte Gordo नामक खेल मैदानमा यही २५ जनवरी २०२० शनिवारका दिन “NRNA-RCC, Algarve Cup, Footbal Tournament 2020” Monte Gordo मा सम्पन्न भएको छ। पोर्चुगलका NRNA का संस्थापक अध्यक्ष श्री पुर्ण बहादुर हमालज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा Câmara Municipal (नगरपालिका) de Vila Real de Santo António की president (नगर प्रमुख) São Cabrita, युरोप नेपाल स्पोर्ट्स एसोसिएशन बेल्जियमका सल्लाहकार राम बहादुर पुन तथा अतिथिका रुपमा NRNA पोर्चुगल का उपाध्यक्ष मच्छिन्द्र अर्याल, जनसम्पर्क समिति पोर्चुगलका उपसभापति नविन आचार्य, मोन्तेगोर्दो नेपाली समाजका अध्यक्ष खेम गुरुङ्, NRNA आयरल्याण्ड पुर्व केन्द्रिय सदस्य विष्णु प्रसाई, Loulé Sem Fronteiras की Karla Diniz Caiado, NRNA Portugal का केन्द्रिय सदस्य दिपक बहादुर के. सी. लगायत विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ। अल्गार्भ क्षेत्रबाट जम्मा ११ टिम समावेश भएको उक्त Tournament मा “Himalaya Gorkha, São Brás de Alportel” विजेता तथा ‘Monte Gordo समुह बि’ उपविजेता भएका छन्। लिग चरण देखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्बाधिक गोलकर्तामा ‘मोन्तेगोर्दो - बि’ का राकेश गुरुङ्, उत्कृष्ट खेलाडीमा “Himalaya Gorkha, São Brás de Alportel”का निशान हमाल र उत्कृष्ट गोलरक्षकमा मोन्तेगोर्दोका सन्तोष रम्तेल भएका छन्। उक्त कार्यक्रमको उदघाटन् तथा समापन समारोहको अध्यक्षता NRNA-RCC, Algarve का अध्यक्ष श्री अनिल शर्माज्युले गर्नुभएको थियो भने संचालन NRNA-RCC, Algarve का सचिव श्री कमल थापा ज्युले गर्नुभएको थियो।

images
प्रकाशित मिति :माघ १४, २०७६ मंगलवार - १३:३९:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend