Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

श्रीमतीको जागिर (लघु कथा) - उत्तम विचार

श्रीमतीको जागिर (लघु कथा) - उत्तम विचार

नेप्लिज डायस्पोरा

१६, माघ २०७६
images
  देश विदेशमा बहुराष्ट्रिय कम्पनीको नाम झैं चलेको थियो शम्शेरजंगको कम्पनी र उनको नाम पनि। उनी भनेपछि सबै थरर हुन्थे ! बार्षिक राम्रै आम्दानी (टर्न ओभर) भएका कारण उनी उभिँदा मात्रै पनि नाम चलेका बैकहरूले ओडिदिई हाल्थे । देश-विदेश सयर गर्दाको टिकट काट्ने सिलसिलामा चिनेका हुन् उनलाई रामबहादुरले ! जहिलेदेखि चिने उनलाई , "एउटा बिन्ती बिसाउनुथ्यो सर ! म एउटाको जाबो प्राइभेट जागिरले दुईटी छोरी एउटा छोराको विद्यालयको फी घर खर्च धान्नै मुस्किल पर्छ ! हजुरले यसो मुखै मात्र लगाई दे पनि पुगि हाल्छ लौन सर ! मेरी श्रीमतीलाई जागिर लगाई दिनु पर्‍यो ।" यस्तै यस्तै भनेर झण्डै-झण्डै लम्पसार पर्थ्यो ऊ ! उता शम्शेरजंग भने, "मेरो मात्र कम्पनी हो र ? पछि हुन सकेछ भने हेरम्ला, ऐलेलाई चुप लागेर बस् !" यस्तै यस्तै... ! बर्सौं बित्यो र पनि श्रीमतीको जागिर हुने कुरामा हाकिमले तोक आदेश दिन्छन् भन्ने आशा र भरोसा मरेको थिएन राम बहादुरको । शम्शेरजंग एक्कासी बिमारी परे । सबै अन्तिम भेट भन्दै नमीठो मानेर भेट्दै फर्कदै गरेको खबर पाएर राम बहादुर पनि सास छउन्जेल जागिरको आश बोकेर भेट्न पुग्यो उनको घरमा ! तुलसीका मोठ अगाडि ढाकी राखेको शम्शेरजंगको लाश देखेर उनलाई श्रद्धाञ्जली भन्नु साटो टाउकोममा हात लगाउदै यत्ति भन्यो मेरी श्रीमतीको जागिर...! - लिखु-६ नुवाकोट । (- उत्तम विचारको यो लघुकथा  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)      

images
प्रकाशित मिति :माघ १६, २०७६ बिहिवार - १५:५०:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend