Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

प्रेम प्रतीक (कविता) - शोभी लोरूङ

प्रेम प्रतीक (कविता) - शोभी लोरूङ

नेप्लिज डायस्पोरा

१६, माघ २०७६
images
  दुई अँजुली जोडी समर्पण निश्चल मायाको कोशेली हृदयस्पर्शी मनका भाव अर्पण जिउने आधार संगाली । अाँखाको नानीमा हजारौं सपनाहरूको देखिन्दै दर्पण चोखो चाहना अमृत सरह जिउने अभिलाषा अघि बढ्दै। पुष्प लता सरि लचिएका मनका सारा अंगहरू छल्कीरहेछ मनमा खुशीका उमंगहरू छल,,, छल,,,,, छल । रातका ती सपनाहरूमा देखे लजाइदिन्छ बुहारी झार बनी नहोस् कहिले सूर्यको उदयमान मात्रै होस हरपल अँगालोमा । ती सबै पोखिएका मायाहरू राखीदिए पुग्छ मनलाई सान्त्वना गाढा मायाका ती कसमहरू खाएका ती देवी-देउरालीमा । दैवको हात परोस शिरमण्डलमा बुन्नेछु सदैव ममताको खानी हरेक धड्कनमा बन्नेछु तिम्रै रानी झिनो आश होइन पूर्ण आशाहरू । समेटी मनभित्रका कुनामा इच्छाहरू हरेक जन्म बौद्ध वृक्ष अटल सरह प्रेमको दिगो साक्षी स्वरुप सदैव अमर बन्नेछु प्रेमको प्रतीक ।। - मिरिक बजार, दार्जिलिङ्ग ।   (- शोभी लोरूङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :माघ १६, २०७६ बिहिवार - १५:५८:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend