२१, माघ २०७६
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत प्राप्त हुने अनुदानलाई अमेरिकी रणनीति मान्ने र हाम्रो देशको सार्वभौमिकता माथिको हस्तक्षेप सोच्नेहरु लाई केहि प्रश्न!
१) २०४६ सालको आन्दोलन पूर्व भारतीय नेता चन्द्रशेखर र सुब्रमन्यम स्वामीले चाक्सिबारी मा गरेको सम्बोधन भारतीय रणनीति र नेपाल माथिको हस्तक्षेप हो कि होइन?
२) भारतले नाकाबन्दी गर्नु, त्यहि नाकाबन्दीको बिचमा नेपालमा आन्दोलन हुनु र उक्त आन्दोलनमा भारतले पूर्ण समर्थन गर्नु हस्तक्षेप हो कि होइन?
३) कथित माओवादी जनयुद्ध सुरु गराइनु र त्यसका नेताहरु प्रचण्ड र बाबुरामलाई भारतीय भूमिमा संरक्षण गरिनु रणनीति हो कि होइन?
४) युद्धरत माओवादीलाई हातहतियार, सेटेलाइट फोन, एफ एम सेट लगायत आर्थिक सहयोग, सैन्य तालिम उपलब्ध गराउनु शक्तिराष्ट्रहरुको रणनीति थियो कि थिएन?
५) विदेशी भूमि र उनीहरूकै निर्देशनमा गरिएको ७ राजनीतिक दल र माओवादी बीच भएको १२ बुँदे सम्झौता रणनीति र हस्तक्षेप हो कि होइन?
६) शान्ति सम्झौता र मध्यस्थता गर्ने बहानामा अनमिनको प्रवेश रणनीति हो कि होइन?
७) प्रत्यक्ष विदेशी सहयोगमा सञ्चालित गैर सरकारी संस्था, नागरिक समाज र बुद्धिजीवी भन्नेहरू मार्फत उछालिएका कथित अग्रगमनका नाराहरू (जसले मुलुकको एकता र अखण्डतामा नराम्रो असर पुर्याएको छ) त्यो रणनीतिको पाटो हो कि होइन?
८) संविधानसभाको एजेण्डा एवं संबिधान निर्माणको क्रममा उपलब्ध आर्थिक सहयोग, सभासद्हरूको विदेश भ्रमण, गोष्ठी सेमिनार, भत्ता र सुविधाहरु हस्तपेक्ष थियो कि थिएन?
९) जनताको अभिमत को बिरुद्ध शक्तिराष्ट्र को प्रत्यक्ष निर्देशनमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष सहितको संविधान जारी गर्नु हस्तक्षेपलाई स्वीकार्नु हो कि होइन?
यदि माथि उल्लेखित बुँदाहरूलाई तपाईंले विदेशी रणनीति र नेपाल माथिको हस्तक्षेप मान्नु हुन्छ भने तपाईं साच्चिकै राष्ट्रबादी हुनुहुन्छ र एमसिसी को बिरोध पनि जायज हुन्छ, होइन भने एमसिसी को बिरोध तपाईंको ढोंगी राष्ट्रबाद हो। धेरै नौटङ्की नगर्नुस्!
आत्माराम कोइरालाको फेसबुक वालबाट
प्रकाशित मिति :माघ २१, २०७६ मंगलवार -
११:०८:१७ बजे