Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - सौगात रिजाल

गजल - सौगात रिजाल

नेप्लिज डायस्पोरा

२२, माघ २०७६
images
  प्रगति उहीँ हो मालिक सक्षम सबल भएर पनि निदाउने तन्दामै रहेछ अलिशान महल भएर पनि गाउँमा योग्यता हेरिन्छ कर्म हेरिन्छ माननीय बन्न सहरमा दामले काम गर्छ अनेकौ दक्खल भएर पनि जस्ले मुटु जलायो गयो उहीँ मुटुको पर्खाइमा रैछे आज मुटु किन्न सकिन सुनै सुनको पसल भएर पनि लुट्न कुट्न जानिएन र त सकिएन सम्पन्न बन्न बाँच्न कठिन पर्यो कठै ज्यादा असल भएर पनि देशको सीमाना हरायो जनता करायो केही लागेन महोदय हजुर मौन बस्नुभो सीमाना हलचल भएर पनि । - भुमेस्थान -६ सिम्ले, धादिङ । (सौगात रिजालको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :माघ २२, २०७६ बुधवार - १६:०६:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend