Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल - सौगात रिजाल

गजल - सौगात रिजाल

नेप्लिज डायस्पोरा

२९, माघ २०७६
images
  भित्र मनमुटाव देखेर आकाशको छानो देखेर छिमेकीले पनि आज हेप्न थाल्यो सानो देखेर सुन्दरता र सम्पन्नता ठूलो मान्नु भुल रहेछ आमाले छोड्न मानिनन् त छोरो कानो देखेर अमेरिकाले स्वदेश पठाएकै दिन तिमी टाढियौ के साउदी कतार मलेसिया तिम्ले बिरानो देखेर आज जँड्याहाको श्रीमती पनि मुस्कुराइन् लोग्ने होशमा देखेर मुख अोभानो देखेर - भुमेस्थान 6 सिम्ले धादिङ । (- सौगात रिजाल यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :माघ २९, २०७६ बुधवार - ०९:४७:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend