कुनै समय जीवनभर यति धेरै सम्झन लायक हुन्छन् । त्यस्तै सम्झन लायक मध्येको एउटा क्षण हो तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन २०२० । जापानको अति नै व्यस्त टोकियो शहरको मुटुमा रहेको शिन्जुकु सिन ओकुबो क्षेत्र । यहाँका हरेक जसो मानिसहरू घडी हेरेर सेकेण्ड सुईसँगै दौडीरहेका हुन्छन् । हामी भने नजिकिँदै गरेको च्याप्टर सम्मेलको तयारीमा जुटेका थियौँ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) केन्द्रिय कार्य समितिले तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन – २०२० गर्ने निर्णय गरेसँगै हामीमा खुशीको सीमा नै थिएन । साथसाथै यो जिम्मेवारीलाई अवसर र चुनौती दुबैको रुपमा लिएका थियौ । त्यस्तै गरी कार्यक्रमका संयोजक दीप पाठक र व्यवस्थापन अनेसास जापान च्याप्टर रहेको खबर केन्द्रिय कार्य समितीका वरिष्ठ उपाध्यक्ष, प्रकाश पौडेल “माइला” बाट सुनेपछि हामी बीचको मुटुको धड्कनको गति अझ बढी धड्कीरहेको महशुस हुन्थ्यो, कसरी भव्य र सभ्य रुपमा सम्पन्न गराउने भन्नेमा । हामीसँग जापान च्याप्टरका पूर्व अध्यक्ष डा। कुमार बस्नेत, बेलुकाजी थापा, दिनेशराज ज्ञवाली, विष्णुप्रसाद घिमिरे, प्रकाश पौडेल माइला , आलोक चालिसे बिष्णुप्रसाद घिमिरे, आदी जस्ताको मार्गनिर्देशनले अगाडी बढ्न ठूलो सहयोग गरेको थियो । हाम्रो आन्तरिक सम्पूर्ण तयारी भएपछि कोही घरदेशबाट त कोही परदेशको पनि परदेशबाट आउने अतिथिको स्वागत गर्न हामी खादा, माला, लिएर तयारी भएका थियौ । हाम्रा आँखाहरू ल्याडिङ हुने समय र वोडिङ पास भएर आउने बाटोतिर झुलिरहेका हुन्थे । विश्वको कुना-कुनाबाट आउनुभएका पाहुना साहित्यकार र अनेसास जापान तथा जापानबासी नेपालीहरुलाई नेपाली राजदुतावास जापानले रात्रीभोजको आयोजना गरेको थियो ।
गीतकार सतिश चापागाईंको मर्मस्पर्शी गीत
हाम्रो सबैभन्दा महत्वपूर्ण दिन थियो जनवरी ११ जुन दिन कार्यक्रमको उदघाटन समारोह थियो । सूर्योदयको देशबाट उदाउँदो सूर्यसँगै सबै जनालाई नमस्कारको अभिवादनबाट उज्यालो मन बोकेर कार्यक्रम स्थलतिर लागेका थियौ । होटल तोयोको ईनदेखि कार्यक्रमस्थल जापान ग्लास इन्डष्ट्री सेन्टरको सभाहलसम्म पुग्दा बाटोमा छुट्टै रौनक देखिएको थियो । नेपाली ढाका टोपी, दौरा सुरुवालमा सजिएर छातीमा नेपालको झण्डा अंकित लोगो टाँगेर हिँडिरहेको जनसमूह बाटोमा पैदल हिँडिरहेको देख्दा जापानीज तथा बाहिरी मूलका मानिसहरुले हाम्रो समूहतिर फर्की फर्की हेरेका थिए ।
साहित्य सम्मलेन उदघाटन समारोह जापानी समय अनुसार ठिक ११ बजे शुरु भएको थियो । केन्द्रिय कार्य समितिका अध्यक्ष राधेश्याम लेकाली सभापति, प्रमुख अतिथि नेपाली राजदुतवासका महामहिम राजदुत प्रतिभा राणा, विशिष्ट अतिथि भवन भट्ट, अतिथिहरू महेशकुमार श्रेष्ठ, मोहन सिटौला , केन्द्रिय कार्यसमितिका पूर्व अध्यक्ष तथा ट्रस्टी उपाध्यक्ष पदम बिश्वकर्मा , विभिन्न च्याप्टर अध्यक्ष तथा प्रतिनिधीहरु, जापानमा रहेका विभिन्न मिडियाकर्मी तथा उपस्थित जनसमुदायबीच पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उदघाटन समारोहपछि नेपाली राष्ट्रिय गानले आफ्नो देश तथा राष्ट्रलाई सम्झिँदा राष्ट्रप्रेमले हृदयले छताछुल्ल भयो । त्यसैगरी कर्मभूमि जापानको राष्ट्रिय गान गाउँदा कर्मभुमिप्रति आस्था र विश्वास उत्तिकै तरोताजा रहन्थ्यो ।गीतकार सतिश चापागाईंको मर्मस्पर्शी गीत
सम्मेलनमा कृति विमोचन कार्यक्रम पनि उति नै उदाहरणीय बनेको थियो । जसमा दोस्रो च्याप्टर सम्मेलन स्मारिका ईश्वरी भट्ट (सम्पादक)को अनूदित आँखाहरु (हाइकु सङ्ग्रह) प्रमोद सारँगको आमा, र माटो (कविता सङ्ग्रह) ईश्वरी भट्टको सपना र भाषा (लामो कविता) लालगोपाल सुवेदिको भारतीय संस्कृतिमा हामी यस्तो किन गर्छौ ? (अनुवाद कृति) रत्न सुब्बाको Of walls and plgeons (अग्रेजी कथा) महेश पौड्यालको मायाको घर (गीति संग्रह) राधेश्याम लेकाली आदिका रहेका थिए । विश्वको हरेक कुना- कुनामा बसेर साहित्य सिर्जनामा तल्लिन यी जाँगरिला मनहरुको कृतिहरु जापान च्याप्टरको मञ्चबाट विमोचन गराउन पाउँदा खुसी, उत्साह एवम प्रेरणा उति नै बढेको थियो । ओमरीको एउटा सानो रेष्टुरेण्टमा ५।७ जना जम्मा भएर रचना वाचन गरी २००३ मा अनेसास जापान च्याप्टर स्थापना गरी वामे सर्दै अहिलेको यो अवस्थामा आइपुग्दा ३ पटक वेष्ट च्याप्टर अवार्ड समेत प्राप्त गर्न सफल भएका थियौ । यसै गरी यस्तै मञ्चमा साहित्यिक कार्यक्रम गर्दा गर्दै स्वर्ण श्रृङ्खला समेत मनाइसकेको इतिहास सम्झिँदा अझै जिम्वेवारी बढेको महशुस गरेका छौँ ।
साहित्य सम्मेलनको अर्कौ महत्वपूर्ण समय रहेको थियो विश्व काव्य गोष्ठी । काव्य गोष्ठीमा तीन दर्जनभन्दा बढी सर्जकहरूले कविता, गीत, गजल, मुक्तक, हाइकु, लघुकथा विधाका सिर्जना सुनाएका थिए । सर्जकहरूले समसामयिक राजनीतिक परिवेश जीवनबोध, देश-प्रेम जस्ता भाव बोकेका सिर्जना वाचनले कार्यक्रम हल गुञ्जयमान भएको थियो । त्यस्तै गरी आचार्य राजन शर्माको उत्प्रेरणा र जागरण कार्यक्रमले पनि दर्शकको मन जितेको थियो । त्रिभुवन विश्व विद्यालयका उप-प्राध्यापक कवि तथा समालोचक, अनुवादक महेश पौडेलको 'ग्लोबमा नेपाली पहिचानको खोजी एक सैद्धान्तिक विमर्शको कार्य-पत्र प्रस्तुतिमा हारुहितो नोजु र भुषण घिमिरेको टिप्पणी समेत रहेको थियो । पौडेलले आफ्नो कार्य-पत्रमा प्राज्ञिक तथा बौद्धिक क्षमताको राम्रो प्रस्तुतिकरण दिएका थिए ।
साहित्यले जुराएको यो नाता गहिरो हुँदोरहेछ । अनि उत्तिकै निस्वार्थ प्रेम पनि । राधेश्याम लेकाली, गणेश घिमिरे, मोहन सिटौला, लालगोपाल सुवेदी, भिमसेन सापकोटा, शान्तिराम ढकाल, पदम विश्वकर्मा , निशा अर्याल, गोबर्धन पूजा , निजानन्द मल्ल, डन कार्की, प्रमोद सारंग, हरिमाया अधिकारी, उर्मिला निर्दोषी, माया के।सी।, प्रकाशचन्द्र घिमिरे, कृशबाबु गुल्मेली, रमेश दाहाल, गोविन्द कँडेल “आँशु,” शारदा भट्ट, प्रतिमा भट्ट, प्रतिक भट्ट, शेखर ढुङ्गेल, नन्दीकिशोर भट्टराई, विशनसिहं थापा, कल्याण पन्त, ममता तिवारी, मीना सुब्बा, रुद्रप्रसाद पौडेल, गीतादेवी शर्मा, लोकराज न्यौपाने, निर्वाण मल्ल जस्ता नेपाली भाषा साहित्यका सारथीहरुसँग भेट गरायो । सम्मेलनले आत्मीयता बढायो । यी प्रिय मनहरू सधै मन मुटुमा रहिरहे । पूर्व केन्द्रिय अध्यक्ष तथा ट्रष्टी मोहन सिटौलाको यो उमेरमा पनि नेपाली भाषा साहित्यप्रतिको लगाव देखेर हामी उत्तिकै हुरुक्क भयौ ।
कार्यक्रमका विभिन्न सेसनहरुमा गणेश घिमिरे, रविन शर्मा, लालगोपाल सुवेदी, हेमन्त गिरी, शान्तिराम ढकाल, भीमसेन सापकोटा, निशा अर्यालको कार्यक्रम सञ्चालक गर्ने फरक- फरक शैली र प्रस्तुतिकरणले उदघाटनदेखि समापनसम्म छोडेर जान मन नलाग्ने गरी दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । दुई दिने टोकियो साहित्य सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन दीप पाठक, गिरीजा गैरे, वेलुकाजी थापा, प्रकाश पौडेल, रविन शर्मा, अरुण पौडेल, के।बी। पारखी, हेमन्त गिरी सुमित गिरी, श्रवण सत्याल, शेखर विकल्प, धीषण निरौला, सरिता ढकाल, सविना रेग्मी, ध्रुब बञ्जाडे, आनन्द अधिकारी , दिपा घिमिरे, प्रकृति फुँयाल, मीनराज बास्तोला, सङ्गीता कुँवर, रमेश लामिछाने, मन्जु गिरी, सुमन प्रतिबिम्ब, अनिल कुमार निर्दोष, राजेन्द्र पौडेल, बैकुण्ठ भट्ट, सजिना मोक्तान, रमेश बाबु भण्डारी, सुजन जोशी, राजु लक्षीत, धन्यवादका पात्र भए । त्यसै गरी जापानमा रहेका विभिन्न संघ-संस्थाबाट पनि सहयोगी मन र सहयोगी हातहरू मिलेका थिए ।
[caption id="attachment_14388" align="alignright" width="720"]

लेखक[/caption]
अनेसास एउटा साहित्यकारहरूको संगठित अन्तर्राष्ट्रिय संस्था हो । विश्वका कुना-कुनामा रहेर पनि नेपाली भाषा साहित्य, कला संस्कृतिलाई माया गर्नेहरु यसमा आबद्ध रहेका छन् । धेरै संख्यामा रहेका समस्याहरू संगठित र एकताबद्ध बनाएर लैजान सजिलो त पक्कै पनि होइन । संस्थामा हरेक छलफल, मत, विचार, तर्क वितर्क आदान-प्रदानबाट एउटा निष्कर्षमा पुग्नु पनि प्राप्ति तथा उपलब्धी हो । संस्थामा भएका कमी कमजोरीलाई सुधार गरेर अगाडी बढ्नु पनि उत्तिकै बुद्धिमता हो । संस्थामा कतै हुन गएको अलमल र ढिला सुस्तीलाई हटाएर संस्थाको मूल उद्देश्य र कार्यलाई अझ सबल तथा सक्षम पारेर कसरी अगाडी बढाउन सकिन्छ भन्ने कुरा नै आजको चासोको बिषय हो । यसै कुरालाई ध्यान दिएर अनेसासको प्रथम र दोस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलनबाट गरिएका तर आजसम्म कार्यान्वयन हुन नसकेका, केन्द्र र च्याप्टरहरुबीच निरन्तर रुपमा प्रभावकारी सञ्चार सम्पर्क गर्दै केन्द्रका नीति निर्णय र कार्यक्रमलाई निरन्तर रुपमा हरेक च्याप्टरहरूलाई पारदर्शी गराउने विभिन्न देश-देशान्तरका साहित्यकार प्राज्ञ, अनुवादक बीच सामूहिक गोष्ठी, भेलाको आयोजना गर्ने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने जस्ता निर्णय सहित ६ बुँदे टोकियो घोषणा-पत्र जारी गर्नु संस्थाको लागी गौरवको कुरा हो । छोटो मिठो बसाइमा भएका कार्यक्रमले समस्याको समाधान गरिहाल्न त सकिदैन । अन्तर्राष्ट्रिय स्तरबाट नेपाली भाषा साहित्यको विकास, विस्तार एवम अनुवाद गरेर विश्वब्यापीरुपमा फैलाउन यो सम्मेलनले थप उर्जा दिनेछ ।
भेटिनु र छुट्टिनु जिन्दगीको रीत नै हो भन्छन् । हामीसँग निश्चित समय थियो । हामी पनि त्यसबाट अछुतो रहन सकेनौ । हामीले हाम्रा प्रिय मनहरुलाई विदाई गर्ने बेलाका अमिला मनहरु उसैगरी विछोडिन पुग्दथे । मनभरी मिठो सम्झना बोकेर हामी यतै रहयौ भने उसैगरी सम्झना बोकेर आ-आफ्नो कर्मथलोतिर उड्दै उड्दै भोलिपल्टको सुनौलो बिहानीसँगै आफ्ना कर्मशील पाखुरा लिएर गन्तव्यतिर लागे । हामी पनि कर्मथलो जापानबाट विदाईका हातहरु उसैगरी हल्लाई रहयौ हाम्रा मनहरुले एउटै स्वरमा उसै गरी फेरी भेट्ने वाचासहित विदाईको वेलामा एउटै स्वर अनि एउटै मन्त्रमा जय साहित्य, जय अनेसास भनी नै रहयौं ।