Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गजल - शर्मिला श्रेष्ठ

गजल - शर्मिला श्रेष्ठ

नेप्लिज डायस्पोरा

१०, फाल्गुण २०७६
images
  छन्द : शिखरिणी सुत्र : य म न स भ ल गु अचम्मै छाेरीकाे, जनम हुन गाे, साेचनु किन थियाे के त्याे नाैलाे,समय पहिलै ,राेकनु किन । भ्रुणैमा फालिन्छे, रतिभर मया, छैन जनमा कुभावै चेलीमा, पुरुष हितकाे, राेजनु किन । बचाउँ छाेरीकाे, हृदय धरती, हाे ढुकढुकी तुहाई पेटमै, फजुल जगमा, चाेपनु किन । छ याे संस्कारैमा,अबुझ नियमै, बद्लिनु अब छ पापैकाे भारी,नरक सबले ,भाेगनु किन। झुकाई शाष्टाङ्गै ,नमन गर लाै, मातृ सबमा धराकाे जाेगाअाैं, अमुक जननी, ताेडनु किन । -ललितपुर, भैंसेपाटी हाल : परदेश । (- शर्मिला श्रेष्ठको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :फाल्गुण १०, २०७६ शनिवार - १३:२१:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend