कुन छ धेरै , कुन छ थाेरै , कुन छ बराबरी
सबलाइ जाेख्ने तुलाे हुन्थ्याे चित्त बुझ्ने गरि
वस्तु सबै जाेख्थे त्यहाँ सानाेदेखि ठूलाे
मान्छे समेत जाेख्ने खालकाे अा'काे रै छ तुलाे !
भर्खर मात्र जाेखे मान्छे त्यही तुलाेमा हाली
एकातिर भएका जति अर्कातिर खाली ।
त्यही खालीमा राखी जाेखे एउटा व्यक्ति जब
बराबर रे दुबैतिर जिल्लै परे सब !
गह्रुँङ्गाे त्याे वजन उसले पायाे कसाे गरि ?
थाहा थियाे कि के छ भन्ने उसका पेट भरि !
मान्छे उस्तै भारी हाे कि बिग्रिएको तुलाे
त्यति विधि मान्छेभन्दा उस्काे वजन ठूलाे !
बिग्रियाे कि जाेख्ने तुलाे पिँधमा परि दुलाे
धमिल्लिए कि तिम्रा अाँखा पर्याथ्याे कि धूलाे ?
अचम्मैकाे ताैल अरे एउटै व्यक्तिसङ्ग
ताैलवालाकाे सम्वाद सुन्दा भा छन् सबै दङ्ग !
शब्द पनि उस्तै अझ महावजनधारी
त्यस्तै शब्द बाेल्ने भा र भा काे हाे कि भारी ?
वजन बढ्ने खालकै रै छ अझ अानीबानी
जस्ताे पनि बाेल्न सक्ने जत्ति पनि खानी !
गाली उस्तै शब्द उस्तै वजन उस्तै भा'काे
मान्छे जाेख्ने अड्डाबाट त्याे पदवी पा'काे ।
दुई दिन पनि टिकेन त त्यस्ताे शक्तिशाली
सम्वाद सुन्दै थुक्न थाले गर्न थाले गाली ।
त्यस्ताे खालकाे पदवी त्याे क्यारी उसले पायाे
भित्रिया पाे थ्याे कि कतै अनि माया लायाे !
वजन पक्कै भारि थ्याे कि बिग्रेकाे थ्याे तुलाे
जाेख्ने मान्छे उस्ताे हाे कि बाेल्याे जाेख्नै भुल्याे ?
- बाग्लुङ्ग मुलपानी न. पा. -७ हाल : टेक्सास अमेरिका ।
(व्यङ्ग्य कवि पन्त पहिलाे व्यङ्ग्य काव्य "काेइली" का समेत सर्जक हुन् । )
(- अर्जुन राज पन्तको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)