Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

इलेक्ट्रोन भरिएका झोला (कविता) - कृष्ण थापा

इलेक्ट्रोन भरिएका झोला (कविता) - कृष्ण थापा

नेप्लिज डायस्पोरा

११, फाल्गुण २०७६
images
  पृथ्वी गोलो छ तर कोही कोही निहुँ खोजिहाल्छन् उत्तरतिर थेप्चिएको देख्याछैनौ ? फलानोको व्यवहार सादा छ फलानी उस्तै असल छिन् यसमा पनि जवाफ आइलाग्छ ए ! उसोभए हामी खराब ? पल्लो गाउँमा समस्या छ गरिबीले पिल्सिएको छ समस्याले आक्रान्त छन् मान्छेहरू ए ! देखौँला हामी चाहिएन उसोभए यो ठाउँ अलि सुगम छ जीवनस्तर पनि माथी छ के भन्नू र खोई ? उसो भए हाम्रो गाउँमा पाइलो नहाल्नु * * * बाटाे स्तरिकृत हुने भो हजुरको गाउँमा पानी राम्रै छ सहकारी चलेकै छ अनुदान आइराछ ए ! तिमीहरुलाई एक पटक खाएर पुग्छ कृषि गाडी अनुदानमा पाउँदा कृषि औजार जनताले पाउँदा सुन्तला, मकै गोलभेंडाको बीउ पाउँदा जनताहरु खुशी बाँड्न छोडेर आवाज आउँछ कृषि नगर्ने हामीलाई के त ? * * * फलानो मान्छे राम्रो छ सबैसँग सुमधुर सम्बन्ध छ उसलाई समितिमा ल्याऊँ है ए ! त्यसो भए तेरो पछि लाग्दैनौ जीवनमा तास खेल्नु राम्रो होइन स्त्री लम्पट कहिल्यै नबन्नु सदाचारी हुनु सधै हाइ हाइ भएर बस्नु कहिले कहिले मात्र त हो सिकाउनु पर्दैन कसैले मनभित्र नकारात्मक ग्रन्थी शरीरमा ऐजेरु पालेका महामहिम इलेक्ट्रोन भरिएका झोला हुन् अनायास चार्जिङ्ग हुन्छ अल्पायुमै विष्फोट हुन्छ खरो फलाम पायन लाउँदा टुक्राटुक्रा हुन्छ । * * * - रिब्दिकोट गापा -३, पाल्पा । (कृष्ण थापाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   पत्रकार सतिश चापागाईंको मनछुने गीत https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :फाल्गुण ११, २०७६ आइतवार - १०:०५:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend