Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राजसी छाँट देखाउने प्रधानमन्त्रीबाट के सिक्ने -सरगम भट्टराई

राजसी छाँट देखाउने प्रधानमन्त्रीबाट के सिक्ने -सरगम भट्टराई

नेप्लिज डायस्पोरा

१२, फाल्गुण २०७६
images
संसारमा गरिने केकका डिजाईनमा के छ र के हुनुपर्छ भन्ने प्रश्न अहम होईन। देशको कम्युनिस्ट प्रधानमन्त्रीले यो हदसम्मको फाल्तु खर्च गरेर जग हँसाउन नहुने हो। देशका समस्या एकातिर छन्, मान्छेको जीवन कष्टकर छ कम्युनिस्ट प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउन हेलिकोप्टर चार्टर्ड गरेर राजसी छाँट देखाउने हो? पछिल्लो काउन्टर भिडियोमा प्रधानमन्त्रीले केकको बेस काटेर देशलाई चढाएको पनि देखियो। देशलाई त्यति प्रेम गर्ने मेरो प्रधानमन्त्रीले गोकुल बाँस्कोटाको सत्तरी करोडको डिल सुनेर डेढ़ महिनासम्म किन केही नगरेको? किन एउटै मुद्दामा बिजय गच्छेदार दोषी र बिष्णु पौडेललाई सुन पानी छर्केको? किन नेपाल ट्रस्टको जग्गामा यतीसंग सती गएको? धेरै प्रश्न छन्, उत्तर कसले दिने? देशको नक्शा भएको केकलाई अनावश्यक बहस गर्नु भन्दा पनि प्रधानमन्त्रीको यो राजसी तामझामले बर्थडे मनाउने कुरा जायज हुँदै होईन। यसलाई जति तर्क दिए पनि जायज मान्न सकिन्न। देशको प्रधानमन्त्रीले त आफ्नो जन्मदिन कुनै अनाथालयमा गएर दु:खीहरुको बिचमा मनाउनुपर्थ्यो, बृद्धाश्रममा गएर मनाउनुपर्थ्यो, उनीहरुका पीडा सुन्न देख्न सक्नुपर्थ्यो। एक दिन भोकै बस्दा कस्तो हुन्छ अनुभव गर्नुपर्थ्यो। यद्दपि जन्म थलोमा जन्मदिन मनाउने उनको ईच्छा पनि ठिकै हो तर यो जन्म दिनका पछाडि कति सरकारी रक़म खर्च भयो त्यसको हिशाब किताब हुनुपर्छ पर्दैन? त्यसका लागि हेलिकोप्टर चार्टर्ड गर्दा कति रक़म खर्च भयो? कति सुरक्षाकर्मी परिचालित भए? अनि केक काट्ने संस्कृति हाम्रो हो? त्यो केकमाथि बालेको बत्ति निभाउने हाम्रो संस्कार हो? ‘ह्याप्पी बर्थडे’ हाम्रो भाषा हो? हाम्रो संस्कारमा बत्ती निभ्नु अशुभ हो। यस्ता आयातित कुरा प्रधानमन्त्रीले सिकाएपछि हाम्रो बाल पुस्ताले के सिक्छ? देशको प्रधानमन्त्रीले देशको सभ्यता बोक्ने हो, बिदेशका र गुगलका सर्च हेरेर लागु गर्ने होईन। बिदेशीले यसो गर्छन् मैले पनि त्यसै गर्छु भन्ने हो भने बिज्ञान, प्रबिधि, शिक्षा, स्वास्थ्य र रोज़गारको नक्कल गर्ने हो। सुशासन र लोकतन्त्रको कपी गर्ने हो। प्रधानमन्त्री केवल पद मात्र होईन, देशको गर्व हो, ईज्जत हो, प्रतिष्ठा हो, हामी नेपालीको छुट्टै संस्कार छ, सभ्यता छ, त्यसको अनुसरण प्रधानमन्त्रीले गर्नुपर्छ, नत्र कसले गर्छ? प्रधानमन्त्रीज्यूको बुद्धि फिरोस्,आसेपासेहरुको घैटोमा घाम लागोस्। अमेरिका

images
प्रकाशित मिति :फाल्गुण १२, २०७६ सोमवार - ०५:५५:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend