Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाइन्न नेपालमा (कविता) - अमृत प्रणय

पाइन्न नेपालमा (कविता) - अमृत प्रणय

नेप्लिज डायस्पोरा

२०, फाल्गुण २०७६
images
  छन्द : शार्दूलविक्रीडित छाती जल्छ र जल्दछन् भुवनका पाखा पखेराहरू रुन्छन् स्वार्थ भयो भनी चिलचरी फाल्दै पखेटाहरू गैंडा बाघ बथानमा लडिरहे नेता बनी साथमा खोज्नू शान्ति विदेशका मुलुकमा पाइन्न नेपालमा ।।१।। हाँस्छन् भ्रष्ट भएर जागिरहरू छोपेर आँखाहरू रोए दुःख कठै ! सहेर जनका छोपेर आँखाहरू लाखौं कोख उजाडिए मनुजका गोली परे काखमा खोज्नू शान्ति विदेशका मुलुकमा पाइन्न नेपालमा ।।२।। खान्छन् जागिर उच्च मान मनको पैसा पिलाई कन प्यासी हाकिमको भरेर ढुकुटी गोजी मिलाई कन भो दुर्गन्ध सदैव देश नगरी छन् शान्ति आहालमा खोज्नू शान्ति विदेशका मुलुकमा पाइन्न नेपालमा ।।३।। नेता बन्दछ प्रौढमा दिन बिसे औलाहरू भाँच्दछ कुर्सीमा छ न हेर्छ दुःख जनका पापी बनी नाच्दछ फुक्का भाषण धर्म‌ छैन मनमा ‌ मात्रै पछौटे जहाँ खोज्नू‌ शान्ति ‌ विदेशका मुलुकमा पाइन्न नेपालमा ।।४।। दुःखी हो सुन ए गरीब मन हो पर्छौ सधैँ हारमा छोरी पाप छ जन्मिएर घरमा पर्छिन् बलात्कारमा होला न्याय समानता निकटमा आशा नहोस् जालमा खोज्नू शान्ति विदेशका मुलुकमा पाइन्न नेपालमा ।।५।। - अर्घाखाँची, ढिकुरा हाल : कपिलवस्तु । को यो कविता गीतकार सतिश चापागाईंको मनछुने गीत https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :फाल्गुण २०, २०७६ मंगलवार - १९:२७:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend