Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बिकाउ माल (लघुकथा) - विनाेद नेपाल

बिकाउ माल (लघुकथा) - विनाेद नेपाल

नेप्लिज डायस्पोरा

२०, फाल्गुण २०७६
images
'लाै हेर, भन्दाभन्दै यस्ताे पाे ल्याइछ । अलि राम्राे हेर्नुपर्छ नि पैसा दिएर लिनु पर्ने कुराे ।' 'कमाउन कति गाह्राे छ, खर्च गर्नेलाई मतलबै छैन ' पतिको फतफत सुनेर ' हैन के भाे र, लामै कुराे पाे गर्नुभाे त' भन्दै उनी बाहिर निस्किन् । ' हेर् त याे के ल्याएकी, छाेंटाे कति हाे ? यसले ढाक्ने हाे कि देखाउने ? लुगा लाउने शरिर छाेप्न हाे कि देखाउन ? कम से कम यत्रायत्रा दुला त देख्नु पर्छ नि ?' ' कुम हेर्‍यो कुममा प्वाल छ, भुँडीमा जाली छ, बाहुलामा पनि के हाे याे त्यान्द्रा र त्यान्द्री', 'तरुनी भा कि छाेरीलाई आमाले किन्दिएकाे कपडाको ताल यस्ताे छ, अनि यसाे भाे र उसाे भाे भनेर, अरुलाई दाेष दिने ?' - उनले एकै सासमा सबै कुरा भने । 'अब पनि हाम्रा पालाकाे जस्ताे कुराे गरेर हुन्छ त, आधुनिक जमाना हाे याे, बाेल्नेकाे पीठाे बिक्छ, नबाेल्नेकाे चामल पनि बिक्दैन ।' - पत्नीले भनिन् । 'ल ठीक छ, मानें, तर फिर्ता हुने अवस्था नआआेस् नि फेरि, बिकाउ माल त चित्त नबुझे फिर्ता पनि त हुन्छ नि अचेल ' उनकाे कुरा सुनेर पत्नी गम्भीर भइन् । - पोखराथोक, पाल्पा । २०७६ फागुन १७ ( विनाेद नेपालको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) गीतकार सतिश चापागाईंको मनछुने गीत https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :फाल्गुण २०, २०७६ मंगलवार - १९:४६:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend