Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

डा. श्याम न्यौपानेका ५ मुक्तक

डा. श्याम न्यौपानेका ५ मुक्तक

नेप्लिज डायस्पोरा

२२, फाल्गुण २०७६
images
https://youtu.be/-nOYsZW0UEg मुक्तक -१ अाफ्नाे धर्ती बाँझै राखेर कस्तो उपलब्धि खाेज्दै छाैं कर्म त्यागी द्याैता भाकेर कस्तो उपलब्धि खाेज्दै छाैं पसिनाले सिंचे यही माटाेमा हिरा फल्नसक्छ तर बलिया हातले भिक्षा मागेर कस्तो उपलब्धि खाेज्दै छाैं । मुक्तक -२ सुझाव दिंदैमा त्यसरी बिच्कनु हुँदैनथ्यो अहं पालेर बेथिति सिर्जनु हुँदैनथ्यो जति उँचाे उडान भरे पनि हजुरले श्रीमान् उभिएकै जमिन चटक्कै बिर्सनु हुँदैनथ्यो । मुक्तक -३ कुरैकुराले पहाड उचाल्नेहरू धेरै छन् मीठा भाषणले मन पगाल्नेहरू धेरै छन् दुनाे साेझिन्छ भने देश र जनता लत्याएर सत्तामा जान ज्यान फाल्नेहरू धेरै छन् । मुक्तक -४ समाजमा सफेदपाेसहरूकै बिगबिगी छ डाँका र दलालका बाेसहरूकै बिगबिगी छ बेइमानहरूकाे पर्दा च्यातिएकै छैन अझै धूर्त, फटाहा र मदहाेसहरूकै बिगबिगी छ मुक्तक -५ हाँस्दै पछ्याैरीले मुख छाेपेकाे किन हाेला नजरमा तीखाे नजर राेपेकाे किन हाेला बुझ्नै सकिएन उनकाे अनाैठाे चर्तिकला खुट्टाले भुइँ काेतर्दै अाेंठ टाेकेकाे किन हाेला । - सुनवल १२ भुमही, नवलपरासी । (डा. श्याम न्यौपानेका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) गीतकार सतिश चापागाईंको मनछुने गीतहरु https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :फाल्गुण २२, २०७६ बिहिवार - १८:२६:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend