Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आत्मियता (लघुकथा) - तुलसी पण्डित

आत्मियता (लघुकथा) - तुलसी पण्डित

नेप्लिज डायस्पोरा

२२, फाल्गुण २०७६
images
  एक ठूलो पोखरी छ, जसमा लाखौं माछा पालिएको छ । हो त्यस पोखरीबाट प्रशस्त आम्दानी लिएको छ मनेले । उसले त्यस पोखरीबाट बढी आम्दानी लिन हाँस पनि राखेको छ । ऊ हरसमय त्यस पोखरीमा खटीरहन्छ । माछाको आहारा सबैतिर प्रयाप्त मात्रामा पुगोस् भनी उसले एउटा सानो डुँगा बनाएको छ त्यसमा दाना राखेर चारैतिर छर्दै हिँड्छ । निकै सप्रेका कारण पोखरीमा निकै माथीसम्म उफ्रन्थे माछाहरू । जून दृष्य अति मनमोहक थियो । म पनि ती माछाको उफ्राइ र चलाइमा निकै रमेको थिएँ । बेलाबखत मनोरञ्जन लिन त्यहाँ पुग्थे । "मने तेरो करामतलाई मान्नै पर्छ । कति राम्रोसँग माछा पालेको ?" "के गर्ने हजुर जिउने आधार ।" "फेरी हाँस पनि यही छोडेको छस् तिनले ती माछा खादैनन् र ?" " केको खानु हजुर झन् यिनीहरु बीचको आत्मीयता निकै बढेको छ । यिनैलाई बँचाउन हाँसले झन् सहयोग गरेको छ ।" मनेले अर्थ्यायो । "हैन के भन्दैछौ तिमी ?" मैले नजाने जस्तो गरेँ । "हो हजुर अल्लि अगाडि हिड्नुस् त । म यहाँ माछा बेच्दै छु ।" मैले पोखरीको छेऊबाट अगाडि बढ्दै गएँ । पानीमा एक डुँगा रहेछ त्यसमा माछाको दाना राखिएको थियो । दाना माथि एक हाँस थियो । उक्त हाँसले पटक पटक चुच्चोले आहारा च्याँप्दै बच्चालाई आहारा खुवाए झैं खुवाइ रहेको देखिन्थ्यो । मलाई आश्चर्य लाग्यो । नजिकै गएँ हेरेँ । त्यहाँ अनगिन्ती माछा आएर मुख आँ गर्दै बसीरहेका थिए । हाँस प्रत्येक माछाको मुखमा चुच्चोले दाना च्याँप्दै माछालाई खुवाइ रहेको थियो । मैले मनेतिर दृष्टि पुर्याएँ । त्यहाँ चेतनशील प्राणी माछाको प्राण लिन लाइनबद्ध थिए भने यता हाँस माछाको प्राण बचाउन एकोहोरो रुपमा दाना खुवाइ रहेको थियो । - भरतपुर, चितवन । (तुलसी पण्डितको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   गीतकार सतिश चापागाईंको मनछुने गीतहरु   https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg      

images
प्रकाशित मिति :फाल्गुण २२, २०७६ बिहिवार - १८:४५:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend