Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल - सरोज उजाड

गजल - सरोज उजाड

नेप्लिज डायस्पोरा

२२, फाल्गुण २०७६
images
बारबार घोचेर दुखाउने त सियो थियो दुई नरम कपडा जोड्ने धागो भैदियो चुपचाप अग्लिएको थियो सगरमाथा माथमा पाइला राख्ने मान्छे बदलियो गमलामा सजाएको थियो क्याक्टस काँडाहरू पो खुसी हुँदै आकाशियो सेरोफेरो सबै मेरो, भनी गर्थ्यो घमण्ड घर उस्तै थियो, बस्ने मान्छे पो फेरियो आफ्नो सरलतामा, म के गर्व गरूँ खै वनमा छानीछानी सोझो रुख काटियो - गजल मञ्च नवलपुर, नेपाल (सरोज उजाड को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) गीतकार सतिश चापागाईंको मनछुने गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :फाल्गुण २२, २०७६ बिहिवार - १८:५४:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend