Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

भ्रम (लघुकथा) - सुधिर कुमार 'सुमन'

भ्रम (लघुकथा) - सुधिर कुमार 'सुमन'

नेप्लिज डायस्पोरा

२२, फाल्गुण २०७६
images
  "हाम्रा मालिक कति बुझकी छन है आमा ? तिम्ले भोक लाग्यो भनेर कराउँदा घाँस हाल्न आइपुग्छन् ।तिम्ले तिर्खा लाग्यो भनेर कराउँदा कुँडो पानी लिएर आइपुग्छन् । कति सजिलै तिम्रा भाषा बुझ्छन है ? अनि के त अस्ति तिम्ले कराउँदा मालिकले राँगो खोजेको भनेर कस्तरी ठ्याक्कै पत्तो लगाका ।" मेरो एक बर्षे छोरो मसँग सधैँ मालिकका गुणको बयान गर्थ्यो । मेरो छोरो असाध्यै प्रश्न सोध्थ्यो । यो उमेर नै कौतुहलताले भरिने भएर होला ऊ हरेक कुरालाई अनौठो पाराले हेर्थ्यो । अनि उस्तै अनौठो प्रश्न पनि सोध्थ्यो । हिजो दिउँसो गोठ आसपास तीन चार जना आएर गफ गर्दै थिए । छोरो ती मानिसलाई हेर्दै अनौठो पाराले मेरो अनुहार हेरेर प्रश्न चिन्ह तेर्साउँदै थियो । "यी मान्छे किन आका हुन् आमा ?" छोरोले ती मानिस फर्किएपछि प्रश्न तेर्सायो । मैले मानिसहरुको भाषा बुझ्दा बुझ्दै पनि "भोलि तिम्लाई कसाइकोमा लैजाने अरे !" भनेर भन्नै सकिन । पीडा मलाई पनि परेकै थियो । झन मेरो छोरोलाई यी सबै कुरा भनेर पीडामा पार्न पटक्कै मन लागेन । आज बिहानै मेरो छोरोलाई फुकाएर एउटा मानिसले घिच्याउन थाल्यो । मेरो छोरो मलाई हेर्दै कराउन थाल्यो । ऊ मलाई हेर्दै आग्रह गर्दै थियो । "आमा ! आमा !! मालिकले बुझ्ने भाषामा मलाई कतै नलैजाने भन्देऊ न.!." - बेसीशहर -३, लम्जुङ्ग ।   (सुधिर कुमार "सुमन"को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   गीतकार सतिश चापागाईंको मनछुने गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :फाल्गुण २२, २०७६ बिहिवार - १८:५९:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend