Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मन्दाेदरीहरू (कविता) -डा. श्याम न्यौपाने

मन्दाेदरीहरू (कविता) -डा. श्याम न्यौपाने

नेप्लिज डायस्पोरा

२५, फाल्गुण २०७६
images
(सन्दर्भ :अन्तर्राष्ट्रिय महिला दिवस) मन्दाेदरीहरू हाे, मन्दाेदरीहरू पङ्खफुक्का चरीझैं अाकाशकाे चारैतर्फ पखेटा फट्फटाउँदै मस्ती मस्तीमा गाउँघर र बस्ती बस्तीमा भुरुर्र उडेझैं उड्न चाहन्छन् मन्दाेदरीहरू हाे, मन्दाेदरीहरूले स्वतन्त्रताकाे पक्षमा अाफैंलाई तयार राख्नुपर्छ अस्तित्वका पक्षमा अाफैंलाई तयार राख्नुपर्छ परिवर्तनका पक्षमा तयार रहनुपर्छ कुवाकाे भ्यागुताे कुवालाई नै विशाल संसार सम्झन्छ अाफू त्यहाँको डन बन्छ उफ्रन्छ त्यहीं डुब्छ त्यहीं पाैडन्छ त्यहीं उत्रन्छ त्यहीं कदाचित् बाहिरिंदा नाैलाे र विशाल संसार देखेर भयभीत हुन्छ अनि हाेश/ विहाेशमै कुवातर्फै हामफाल्छ अनि कुवातिरै चिप्ल्याएकाे भनी चिप्लाे ढुङ्गाेलाई दाेष दिन्छ मन्दाेदरीहरू परम्पराका विकृत कुवाबाट बाहिरिन हिम्मत गर्नैपर्छ मन्दाेदरीहरू बादलझैं हावाकाे तालमा हावाकाे लहैलहैमा उड्नु हुन्न मन्दाेदरीहरूले अज्ञानतासँग विकृत परम्परासँग युद्ध लड्नु छ भने पङ्खफुक्का हुनु छ भने चरीझैं विशाल अाकाशमा कावा खाँदै उड्नु छ भने मनबाट कायरता फाल्नैपर्छ अाफैं विरुद्ध अाफैंले विद्राेहकाे अागाे बाल्नैपर्छ मनबाट परिवर्तनको लागि हिम्मत निकाल्नैपर्छ काली बन्नैपर्छ - सुनवल - १२ भुमही । (डा. श्याम न्यौपानेको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   गीतकार सतिश चापागाईंको मनछुने गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :फाल्गुण २५, २०७६ आइतवार - १२:४७:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend