Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

दम्भ (लघुकथा) -गङ्गा आचार्य सापकोटा

दम्भ (लघुकथा) -गङ्गा आचार्य सापकोटा

नेप्लिज डायस्पोरा

२५, फाल्गुण २०७६
images
  बिहानीको घुमफिरमा छिमेकी रामकृष्ण शर्मा र उनकी श्रीमती शरुसँग टुप्लुक्क भेट भयो । रामकृष्ण समाजको प्रतिष्ठित व्यक्तिमा गनिन्थे । हामी महिलाले आयोजना गरेको भोलीको नारी दिवस कार्यक्रममा दुवै जनालाई उपस्थित हुन र केही मन्तव्य राख्न आग्रह गरेँ मैले । शरुतर्फ पनि हेर्दै भनेँ, "जसरी पनि आउनु पर्छ है बहिनी ? कति चुलोचौकोमैं बिताउनु समय ?" उनको अनुहारमा अनौठो चमक देखियो । खुसी भइन् । तर केही बोलिनन् । रामकृष्णले सहर्ष स्विकार्दै भने -"हुन्छ भाउजू म आउँछु ।" तर शरु बाहिर निस्कनै खोज्दिनन् । रुचि नभएको कुरामा मैले दबाब पनि गर्दिन । भोलिपल्ट निर्धारित समयमा म कार्यक्रमकै लागि निस्कें । रामकृष्णको घर बाटैमा पर्थ्यो । सोचेँ उनकी श्रीमती बाहिर निस्कन नखोज्नेलाई आफूसँगै लिएर जान्छु । म उनको आँगनमा पुगेकी मात्र थिएँ । " कहीँ जाने होइन यी सभा सम्मेलन, नारा सबै वाहियात हुन् । आदर्श खोकाइ मात्र हो । खुरुक्क घरमा बस्ने घरको धन्धा गर्ने । मलाई मन पर्दैन आइमाई बाहिर बाहिर चाहारेको ।" रामकृष्णको चर्को आवाज मेरो कानमा ठोकियो । अलमलमा परेँ । भित्र जाऊँ या फर्कूँ! शरु बाहिर ननिस्कनुको अर्थ बुझेँ । औडाह भयो । तुरुन्तै मनले सोचेँ रामकृष्णको दुईटा जिब्रो मध्ये एउटा थुत्नैपर्छ । चुुपचाप भित्र पसेँ । रामकृष्ण कराइरहेकै थिएँ ।सिकुवाबाट आवाज दिएँ, "मन्तव्यको अभ्यास गर्दै हुनुहुन्छ कि क्या हो ? आवाजमा त निकै दम छ नि रामकृष्ण बाबु !" - बाग्लुङ्ग, हाल : काठमाण्डौ । (गङ्गा आचार्य सापकोटाको लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   गीतकार सतिश चापागाईंको मनछुने गीतहरु   https://youtu.be/-nOYsZW0UEg https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :फाल्गुण २५, २०७६ आइतवार - १२:५४:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend