Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

निष्पाप झुठ (लघुकथा) - सुधिर कुमार 'सुमन'

निष्पाप झुठ (लघुकथा) - सुधिर कुमार 'सुमन'

नेप्लिज डायस्पोरा

२७, फाल्गुण २०७६
images
  "ओहो ! नानीको त अझै चार-पाँच बर्ष बिहेको जोग नै छैन । कथंकदाचित बिहे भैहाल्यो भने पनि माइतीलाई पिर्ने, खलकै मासिने ग्रह-दशा लागेको छ ।" म चिया लिएर पुग्दा मेरा श्रीमान आफ्ना यजमानलाई सम्झाउँदै थिए । "हो र गुरु ? झन राम्रो कुल खानदानबाट कुरो आएको थियो । अन्माएर दिनुपर्ने जात दिइहालम भनेको आपत पो पर्यो त । यसो ग्रह-शान्ति गर्ने उपाय होला नि ?" यजमान न्याउरो मुख लिएर आशा लाग्दो प्रश्न सोध्दै थिए । "नानीको ग्रह दशाले जे देखायो त्यही भन्ने त हो नि मैले । अब भाग्यमा लेख्या चीज मैले मेटाइदिएर नहुने । बरु अब चार-पाँच बर्षपछि नानीको सरकारी जागिरे हुने जोग देखा परेको छ । अझ मनग्य कमाइले माइतीलाई पनि सघाउने पो देखाउँछ ज्योतिष शास्त्रले त । बिहे गरिदिने हो भने त भाग्य पनि बिग्रने, माइती पनि मासिने संभावना बलियो छ ।" यजमान कालो निलो मुख बनाएर बिदा भए । "त्यस्तरी मान्छेको सातो फुक्ने गरी पनि ग्रह-दशा हेराउने हो त ।भएका तीन छोरा पनि मासिन्छन् भन्दिएसी मान्छे हाड्फिल हुँदैन ? यसो मिलाएर पो भन्नूपर्छ ।" यजमान जाने बित्तिकै मैले श्रीमानलाई हप्काएँ । "तँ यस्तो कुरो बुझ्दिनस् ठूली । कहिले कसो सातो पनि फुक्नुपर्छ । झुटो पनि बोल्नुपर्छ । जानी जानी त्यो १६ बर्षको बालखीलाई बिहे गर्न हुन्छ भनेर कसरी अर्ति लाइदिनु ? 'बिहेवारी बीस बर्ष पारी' भन्ने त तँलाई थाहै होला नि ? - बेसीसहर - ३ लमजुङ्ग । (सुधिर कुमार "सुमन"को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :फाल्गुण २७, २०७६ मंगलवार - ०८:५५:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend