अमेरिकी स्वतन्त्रताको घोषणा भएको एतिहासिक फिलाडेल्फीया सहरबाट सुपर ट्युजडे भाग-२ का बिजेता डेमोक्रेटिक पार्टीका सम्भावित उम्मेदवार पुर्व उपराष्ट्रपति जो बाईडेनले उत्तेजनारहित स्वरमा भने "हामी अमेरिकी उदारबादका मुल्य, मान्यता र सुन्दरतालाई फिर्ता गर्ने महान अभियानमा छौं ।" उनले आफ्ना प्रतिष्पर्धी सिनेटर बर्नी स्यान्डर्स र उनका समर्थकहरुलाई सम्बोधन गर्दै भने "हामी एउटै राजनैतिक मान्यताको लडाईमामा छौं र मेरो जीत पछि हामी "बोल्ड प्रोग्रेसिभ" नीतिहरुको कार्यन्वयनमा लाग्ने छौं जहाँ हाम्रा नागरिकहरुलाई पूर्ण स्वास्थ्य सुबिधाको प्रत्याभूति दिईने छ किनकी स्वास्थ्य सेवा हरेक मानिसको आधारभूत "राईट" हो "प्रिभिलेज" होइन ।
प्राय: हरेक अन्तरवार्ता र भाषणहरुमा "रिभोलुसन" होइन "रिजल्ट" भन्ने लाईन बोल्दै बर्नी स्यान्डर्सको "बोल्ड प्रोग्रेसिभ" एजेन्डाहरुको खरो विपक्षमा उभिने गरेका "मोडरेट लेन" का "युनिटी क्यान्डीडेट" बाईडेनको बोलीमा आएको १८० डिग्रीको परिवर्तन उनको एक्लो चाहना होइन । नोमिनेसनको नितान्त नजिक पुगेका बाईडेन र उनका सल्लाहकारहरु बर्नीलाई दुखाउन चाहदैन र उनका लाखौँ "डाईहार्ड फ्यान" लाई भड्काउन चाहंदैनन ।
केही घण्टा अगाडी सन २०१६ को प्राईमरी र राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनमा भित्रिया सल्लाहकारका रुपमा रहेका डेमोक्रेटिक रणनीतिकार जेम्स कर्भिलको सफ्टटोन समिक्षा सुनिरहँदा मैले एउटा अनुमान लगाएँ । अब डेमोक्रेटिक पार्टीका तथाकथित संस्थापन सन २०१६ जस्तो गरेर बर्नी र उनका विचारलाई पेलेर जाने पक्षमा छैनन । संस्थापनले बुझेको छ, बर्नी चुनाब मात्र होइन बर्नी त विचार हो जसलाई पेलेर होइन सम्मानित किसिमले सम्बोधन गर्दै अगाडी बढ्न जरुरी छ । त्यस्ता शुभ सूचांक र संकेतहरु मैले चाँही स्पष्टरुपमा अनुभूत गरें ।
यसपालीको निर्वाचन कसको एजेन्डा लागु गर्ने भन्दा पनि कसरी एकठ्ठा भएर आपसमा रणनैतिक समझदारी गरेर अमेरिकी ईतिहासकै खतरनाक राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई पराजित गर्ने भन्ने हो भन्ने मेरो बुझाई र विश्लेषण छ । बर्नी विचार प्रति गहिरो आस्था हुनेहरुको मनमा पनि अहिले ट्रम्पलाई पराजित गर्न त बाईडेननै उपयुक्त उम्मेदवार हो भन्ने बुझाई छ त्यो कति हदसम्म सहि पनि हो । आमुल परिवर्तनको एजेन्डा सहित प्रगतिशील राजनीति गरिरहेका सिनेटर कमला ह्यारिस, कोरी बुकर, बेटो उरुर्कहरुको समर्थन बैचारिक समर्पण होइन त्यसको गहिरो रणनीतिक अर्थ छ । त्यसको बिस्तृत समिक्षा म आफ्नो बुझाईमा निरन्तर गर्ने छु ।
आज बाईडेनले आफ्नो जीतमा तुजुक देखाएनन, उत्सब मनाएनन बरु बुध्दीमत्तापुर्वक बर्नी विचार र उनका लाखौं समर्थकहरुलाई नीतिगत सम्बोधन समेत गरे । बाईडेनले मेरो उम्मेदवारी "फाईट" को लागि होइन "हिल" को लागि हो भनिरहंदा यस्तो लाग्दथ्यो उनी राष्ट्रपतीय निर्वाचनको जीतको नितान्त नजिक छन । हि लुक्ड भेरी मच प्रेसिडेन्ट!

पत्रकार सतिश चापागाईंका मनछुने गीतहरु
https://youtu.be/enSHw4h0vKU
https://youtu.be/-nOYsZW0UEg