Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

के छु के छैन क्यै थाहा (कविता) - कलानिधि दाहाल

के छु के छैन क्यै थाहा (कविता) - कलानिधि दाहाल

नेप्लिज डायस्पोरा

२, चैत्र २०७६
images
  छन्द : अनुष्टुप कन्दरामा कतै अल्झेँ-या अल्झेँ नदी तीरमा या हिड्दैछु कतै खोँच-माथिका भीर भीरमा ! अाफै अस्पष्ट छु या छु-स्पष्ट हेलिन तत्पर के छु के छैन क्यै थाहा-छन् चल्ने तर जाँगर !! बाटा कस्ता हिडेँ पैले-छु ऐले म कहाँ कता हराएँ कि म अाफैमा-देखिएँ छु जतातता ! अहँ पाली म गच्केँ कि?-पग्लिएर झरेँ तल के छु के छैन क्यै थाहा-अाफैमा छु कि खल्बल ?? अहङ्कार भरी भित्र-सामान्य देखिएँ कि म सामन्य भित्रको बन्दै-अहङ्कारी भएँ कि म ? अन्धाधुन्ध भएँ छु के?-हुँ को याद न क्यै छु म के छु के छैन क्यै थाहा-या छँदै छैनझैँ छु म ?? लहरो वनबुट्टाको-झैँ फैली सर्दछु कि म बुटोझैँ कक्रिदै सारा-अररिएको छु कि म ! सलक्क सुरिलो वृक्ष-जस्तोमा अग्लिएँ कि म के भएँ र छु के ऐले-न पाई चाल रेछु म !! मन दुख्छ अरे भन्छन्-मनमै छु कि छैन म धन सुक्ख अरे भन्छन्-धनमै छु कि छैन म ? अरे,हो,धन यो के हो?-मन सक्छु र बुझ्न म के छु के छैन क्यै थाहा-त्यत्तिकै छु कि छैन म ?? बिना गति जमेको छु-या गति गत छैन म जमीनमै छु या अग्लो-कसैको छतमा छु म ? भत्भती पोलिएको छु-या शान्त तहमा छु म के छु के?छैन क्यै थाहा-या भित्री तहमा छु म ?? - रातो पुल, काठमाण्डौँ । (कलानिधि दाहालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :चैत्र २, २०७६ आइतवार - १६:३९:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend