Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तककार राजन सिलवालका ५ मुक्तकहरु

मुक्तककार राजन सिलवालका ५ मुक्तकहरु

नेप्लिज डायस्पोरा

२, चैत्र २०७६
images
  मुक्तक -१ टिपेर यी सहस्र मनका फूलहरू उनाउन खोजिन्छ प्रेम हो जब कोहीभित्र आफूलाई थुनाउन खोजिन्छ ओ प्रिय मान्छे ! हरेक महिना म किन आउँछु भने लेखिन्छ हृदयको गंगोत्रीबाट र सुनाउन खोजिन्छ । मुक्तक - २ हामी क्रमशः डग्दै गयौँ अनि सत्य र धर्म डगेको हो सागर तल बस्यो अनि खोला र नदी उतै बगेको हो शम्भु ! जे रोप्छौँ हामी त्यही फुल्ने र फक्रने हो र त अरूलाई हामीले ठग्यौँ अनि अरूले हामीलाई ठगेको हो मुक्तक - ३ एक्लै तर्नुमा आनन्द हुँदैन अरुलाई तार्दाको जस्तो उखेल्दा त्यो खुशी छैन, कुनै बिरुवा सार्दाको जस्तो देखिन्छ सारा मानिसहरु जीतको पछाडि कुदिरहेका सिकाइको त्यो गौरव कहाँ, कसैसँग हार्दाको जस्तो ! मुक्तक -४ अञ्जुलीमा भरेर पिउने त्यो खोली कहाँ रह्यो र ? पर्स आयो, ब्याग आयो, त्यो झोली कहाँ रह्यो र ? हामीलाई बानी परेको छ उत्पीडन र परपीडनको खुशी खुशी रंगहरु साट्ने त्यो होली कहाँ रह्यो र ? मुक्तक -५ उक्लिऊ जिन्दगीको शिखर म सिंढी भइदिन सक्छु धुमपानको बानी गर्यौ मायाको बिँडी भइदिन सक्छु बाट्नू तिमी रहरहरुको डोरी र बुन्नू खुशीको गुन्द्री तिम्रो साथ पाइरहने विश्वासमा, पिंढी भइदिन सक्छु । - महालक्ष्मी न.पा., ललितपुर । (मुक्तककार राजन सिलवालका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://www.youtube.com/watch?v=enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :चैत्र २, २०७६ आइतवार - १६:४८:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend