Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुख्यमन्त्रि शंकर पोखरेललाई खुला पत्र -आरके त्रिपाठी

मुख्यमन्त्रि शंकर पोखरेललाई खुला पत्र -आरके त्रिपाठी

नेप्लिज डायस्पोरा

१६, चैत्र २०७६
images
लण्डन विशेष सन्दर्भमा एक विगतको हाम्रो सरकार विभाग संवन्धित पक्षको कमजोर तयारीको वारेमा मैले विगतमा कान्तिपुर पत्रिका मार्फत केहि कुरा राख्दा मलाई नेपालका कम्युनिष्ट क्रान्तिकारी भन्न मन पराउने हरुले चार महिना सम्म खेद्न सक्ने गरि खेदे । त्यो क्षण पुन स्मरण गराउन चाहन्छु। विगतका यि दुई घटना हुन यी । भारतका प्रधानमत्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्ने तय करिब भ्रमण गर्नु भन्दा छ महिना अगाडीनै परराष्ट्र मन्त्रालय ले कन्फर्म गरेको थियो। तत्कालीन नेकपा का निर्माण मन्त्रीले मोदी नेपाल आउनु २ दिन अगाडी कोटेश्वर बानेश्वर का दुबैतिर कृतीम रुख बिरुवा रोप्न आफ्नो नजिकको ठेकदार लाई ठाडो आदेशमा करिब २करोड बराबरको रुख रोप्ने काम दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदि फर्किए। त्यसको चार दिनमा रुख पनि मर्यो। त्यसपछि अर्को एउटा भ्रमण भयो त्यो थियो चिनका राष्ट्रपती । यो भ्रमण पनि परराष्ट मन्त्रालय ले करिब ४ महिना अगाडी तय भएको थियो। त्यसमा पनि त्यस बेलाका सरकारका संवन्धित मन्त्रीले करिब करिब ३ करोड रुपैया बराबरको एअरपोर्ट देखि बानेश्वरको दायाँ बायाँ रुख बिरुवा रोप्ने काम मन्त्रीको ठाडो आदेशमा वहाँको नजिकको ठेकदार लाई दिनु भयो। बिल पनि ठेकदार लाई आदेश दिएको तश्रो दिनमा भुक्तानी गरियो। त्यसबेला पनि कोटेश्वर तिनकुना देखि माइतिघर तिनकुने सम्म रातारात रुख रोपिय । चिनका राष्ट्रपति चिन फर्किय । कोटेश्वर तिनकुनेदेखि माइतिघर तिन कुने सम्मको रुख पनि चार दिनमा मर्यो। त्यस्तै अर्को एक घटना स्मरण गराउन चाहन्छु त्यो थियो साफ गेम उद्घाटन को बेला। सवैलाई थाहा छ साफ गेम विश्वकप फुटबल यूरोपीयन कप फुटबल ओलम्पीक एसियाड जस्ता गेमका मिती ४-५ बर्ष अगाडी नै सबैलाई तयारी गर्न सजिलो होस भनेर अग्रिम जानाकारी गराइन्छ। गएको साफ गेम मा पनि साफ गेम समारोह उद्घाटन हुने ३ दिन अगाडी मन्त्रीले ढाडो मौखिक आदेशमा ५ करोडको मुल्य बराबरको बिरुवा लगाउन निर्देशन दिए। ठेकेदारले खास खुस पारी हरियाली देखाए। साफ गेम सकियो । बिरुवा पनि मर्यो। त्यता तिर नेपालमा बस्नेको आखाँ गएन। म बेलायतमा दुख गर्नेको मन भतभती पोल्यो। दिर्घकालीन योजना पनि छैन। त्यसपछि यो अति भयो भनि म नेपाल जाँदा भबन बिभाग शहरी बिकाश बिभाग का डाइरेक्टर ज्यूहरु लाई रिपोर्ट गर्न गएँ। उत्तर थियो यो त इमराजेन्सी मा काम गर्नु पर्ने भएकोले मन्त्रीजी ले ठाडो प्रस्ताब मुख्य सचिब मार्फत क्याबिनेट ले गरेको आपतकालिन निर्णय भनियो। त्यस पछि अझै पेट पोलेर म टंगाल स्थित अख्तियार पुगें। लोकमान सिंङ्ग कार्की २३ बर्ष अगाडी जलश्रोत सचिब हुँदा म जलश्रोत मन्त्रीको निजी सचिब थिएँ। एक चोटी अख्तियार संग जानाकरी दिन्छु भने टंगाल अख्तियारको कार्यलय गएँ। सबै मन नपरेको फेहरिस्त सुनाएँ । त्यसले पनि लिखित निवेदन दिनुहोस भनियो। बाल बच्चा परिवार लिएर बेलायत बाट आमाबुबा आफन्तजन भेट्न गएकोमा ७ दिन यिनिहरुलाई भेट्दा सकियो। बाँकी सातदिन पछि कान्तिपुरमा यो किन भइरहेछ भनि लेख लेखे। त्यो लेख तत्कालीन बेला बिरुवा रोप्न आदेश दिने मन्त्रीले मलाई चिन्नु हुँदो रहेछ। एक समारोहमा मेरो साथीहरुको अगाडी बेलायतको लण्डनमा इन्जिनियर काम गर्ने आरके त्रिपाठी त पागल भएछ भन्नु भएछ। त्यसपछि कान्तिपूरले छापेको लेख कपि पेष्ट गरि मैले फेसबुकमा केहि बर्ष अगाडी पोष्ट गरें। नेपालका कम्युनिष्ठ क्रान्तिकारी भन्नेहरुले यति धेरै मलाई घृणागरी कमेन्ट गरेको की सानो मुटु सोच भएको मान्छे भएको भए त हर्ट एट्‌याकै हुने थियो। तर मलाई केहि भएन । त्यस पछि मैले नेपालका कम्युनिष्ट हरुले यो लेख लेख्दा मलाई किन यति धेरै गाली गरे भनि अनुसन्धान गर्दा रातारात करोडौ रुपैयाँको कृतीम बिरुवा रोक्न ठाडो आदेश दिने पनि संयोगबस कम्युनिष्ट का मन्त्री रहेछन। बिरुवा सप्लाई गर्ने ठेकेदार पनी कम्युनिष्ठ पार्टीका कार्यकर्ता नै परेछन । म के भन्न चाहन्छु भने नेपाली कांग्रेस पार्टीका वा अन्य पार्टी ले पनि बाटो बिराएको छ भने यसरीनै जन सरोकारको विषय प्रष्ट रूपमा उठाऔं । विगतबाट पाठ सिकौ । बिभिन्न देशका राष्ट्र प्रमुख सरकार प्रमुखले नेपाल भ्रमण गर्दा फेरी पनि रातारात ५ करोड रुपैयाको कृतीम बिरुवा लाउन सक्छन्। कमिसनमा डुब्न सक्छन। सावधानी अपनाऔँ । अल्पकालीनभन्दा दिर्घकालीन सोच राखी संवृद्ध नेपाल बनाउन सबैले हातेमालो गरौं /हिजो मात्र मुख्य मन्त्री शंकर पोखरेल ज्युले आफ्नो फेसबुक स्ट्याटसमा यस्तो नराम्रो रुखो भाषा लेखेको हेर्दा वहाँ प्रति मेरो जो अति विशिष्ठ सम्मान थियो त्यो घटेर गएको छ। यो समय मुख्यमन्त्री जस्तो पदमा आसिन व्यक्तिले फेसबुकमा रुखो जवाफ दिने बेला होइन। कमेन्ट लाई नियाल्दै सकारात्मक रुपमा लिंदै संयम राखी अगाडी बढ्नु पर्नेमा एउटा व्यापारीले दिने कमेन्ट जस्तो आफ्नो फेसबुक बालबाट पोष्ट गर्नुभएछ । यस कमेन्टले बहाँलाई ठूलो राजनैतिक घाटा समेत मोल्नु मैले महशुष गरेको छु। मेरो वहाँ प्रति को सम्मानमा अबदेखि पूर्ण गिरावट आयो। कमेन्ट गर्नेले त कोरो ना भाइ सर रोकथाममा ल्याउने PPE किटमा पारदर्शीता अपनाउ । भष्ट्राचार हुने देखिए साबधानी अपनाउ भने का मात्र छन। चिनको बुहानमा २०१९ को डिसेम्बर मा कोरोना संक्रमण भई मानिसहरु मर्न थालेपछि साबधानी अपनाउन र आवश्यक पर्ने परिक्षण किन्न टेण्डर प्रकिया शुरु गर्न पर्दथ्यो सरकार र संबन्धीत बिभागले । केबल औसधी टेष्ट किट . सप्लायर लाई अफिसमा बोलायर पहिलो चरणमा बिना टेण्डर बिना प्रतिष्पर्धी डेढ अर्ब रुपैया वा १५० करोड रुपैयाको सामान खरिद सोझै एउटा व्यापारी लाई सप्लाई गर्न दिंदा कतै भ्रष्टाचारको गन्ध आई राम्रै गर्न चाहे पनि अपारदर्शी देखिई अर्को समस्या निम्तन सक्छ। यत्रो ठूलो रकमले रकम बिना प्रतिष्पर्धा एउटा मात्र व्यापारीले किन्न गर्ने गरी दिंदा सोझा नेपाली जनतालाई यत्रो धम्कीपूर्ण जवाफ । हेक्का राख्नुस यो प्रश्न उठाउने नेपाली काग्रेस कार्यकर्ता मात्र होइनन । यस प्रश्न उठाउनेमा नेपाल कम्युनिष्ट पार्टिका कार्यक्रता नेता नै धेरै छन । बिनाश काले बिपरित बुद्धि मुख्य मन्त्री शंकर पोखरेल जि । हरे हरे दुई तिहाईको दम्भ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७६ आइतवार - १६:४२:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend